प्राइमलाइफ इन्सोरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुलाई जीवन विमा सम्बन्धि

प्राइमलाइफ इन्सोरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुलाई जीवन विमा सम्बन्धि अभिमुखिकरण



माघ १५ गते लिबाङ्–रोल्पा
प्राइम लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लिबाङ रोल्पाका अभिकर्ताहरुलाई जीवन विमा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शनिबार लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राइमलाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख विकास अधिकारीले जीवन विमा सम्बन्धि सहजीकरण गर्नुभएको थियो । उहाँले अभिकर्ताहरुलाई जीवन विमाको परिचय, दुर्घटना दोहोरो लाभ, पुर्ण अशक्त अपाङ्ता लाभ, बिमा शुल्क भुक्तानी गर्न छुट विमा सुविधा, आकस्मिक उपचार जस्ता महत्वपुर्ण सुविधासहित जीवन विमा कम्पनीले प्रदान गर्ने सुविधाको विषयमा अभिमुखिकरण गर्नुभएको थियो । उहाँले भन्नुभयो,“विमा नयाँ होइन । तर, हामी विमा प्रक्रियामा नयाँ छौं । विमा कम्पनीहरू नेपाल सरकारकोक नीति अनुसार अगाडि बढ्ने भएकोले आम नागरिक र विमित पूर्ण रुपमा विश्वष्ट हुनुपर्छ । नेपालमा सामाग्री विमा २००४ सालदेखि नै सुरुवात भएको थियो । जीवन विमा २०२४ सालदेखि सुरुवात भएको हो । यो समयवधिमा विभिन्न कम्पनीका जीवन विमा कम्पनीहरूमध्ये प्राइमलाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले पनि नयाँ–नयाँ जीवन विमाको सुविधाहरू प्रदान गर्दै आएको छ ।”
उहाँले जीवन विमा गर्दा आर्थिक क्षतिको सुरक्षा, सर्वाेत्तम वचत, अनिवार्य वचत, आश्रितहरूको भलाई, परनिर्भरताको उन्मुलन, व्यक्तिगत आवश्यकता पूर्ति, सरकारलाई कोष निर्माणमा सहयोग, कर छुटको सुविधा जस्ता सुविधाले नागरिकको जीवन स्तरमा सहयोग पुग्ने उहाँले धारणा व्यक्त गर्नुभयो । साथै उहाँले जीवन विमा गर्दा नागरिकलाई जीवन विमा धेरै समयसम्म बाचे, छिटो मृत्यु भएमा आर्थिक सहायता समेत पुग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,“जीवन विमा गर्दा विमितले वास्तविक स्वास्थ्य अवस्था विवरण उल्लेख गर्दा विभिन्न रोगको कारण मृत्यु भएको क्रममा मृत्यु दावी विमा रकम उपलब्ध नगराउने प्रवधानले विमित समस्यामा परेको अवस्था छ । विमा गर्दा नै सहित स्वास्थ्य अवस्था उल्लेख गर्नुपर्छ । आर्थिक अवस्था अनुसारको विमितले विमा नगर्दा विमा प्रभावित भएको हुँदा अभिकर्ताले विमा गर्दा आर्थिक अवस्थालाई पनि विशेष ध्यान दिनुपर्छ ।” विमा गर्दा कम्पनीले स्वास्थ्य सम्बन्धि जोखिमयुक्त तत्व, पेशा, दैनिक काम, उमेर, लिङ्ग, वासस्थान, दिमागी हालको अवस्था, रूचि, आचरण लगायतका सम्पूर्ण विवरणहरू उल्लेख गर्नुपर्ने भएकाले वास्ताविक विवरण उल्लेख गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै नागरिक जीवन विमाको पहुँचमा पुग्न नसकेको अवस्थामा अभिकर्ताहरुलाई नागरिकलाई विमाको पहुँच पुग्ने गरी सक्रिय भूमिका निर्वाह गर्न उहाँले अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is y2.jpg


साथै कार्यक्रममा प्राइमलाइफ इन्सोेरेन्स कम्प्नी लिबाङ शाखाको गतिविधिहरुलाई सञ्चारमाध्यबाट आम नागरिकसम्म पु¥याउने सहयोग गरेको भन्दै पत्रकारहरू रेशम बि.क, मिनराज रोका, हिमाली खड्कालाई कार्यक्रममा प्रमुख अतिथि प्राइमलाइफ इन्सोरेन्स कम्पनी लुम्बिनी प्रदेश प्रमुख विकास अधिकारीले प्र्रशंसा पत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो । साथै लिबाङ शाखाका उत्कृष्ट अभिकर्ताहरू शेर बहादुर थापा, लाल कुमारी वली, प्रेम प्रकाश के.सी, सुनिता घर्तीमगर, कमल खड्का, गणेश खड्का, गीता घर्तीमगर, सागर महरा, प्रतिक्षा बुढामगर, सर्मिला डाँगी घर्ती, चित्र बहादुर रोकामगर, फवेन्द्र सुनार, गोरख बहादुर के.सी, लाल कुमारी कवर, घनश्याम कवर, दिलमाया खत्री वली, धना कुमारी खड्का, रोशुमाया पुन, रोशनी गिरी, गजवीर घर्तीमगरलाई समेत सम्मान गरिएको थियो । शाखा अभिकर्ता लगायता सरोकारवाला निकायहरुको सहभागी थियो । प्राइमलाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लिबाङ शाखाका प्रमुख टिकाराम जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शाखाका अपरेसन इञ्चार्ज भानुभक्त सन्यासी, अपरेसन सहायक दिलिप वानियाँले गर्नुभएको थियो ।

You may also like