लुङ्ग्री गाउँपालिकाद्वारा क्वारिन्टिइनको अनुगमन

लुङ्ग्री गाउँपालिकाद्वारा क्वारिन्टिइनको अनुगमन
मानसिह विश्वकर्मा

भाद्र २७ गते (लिबाङ–रोल्पा)


This image has an empty alt attribute; its file name is m1-1-1024x576.jpg

लुंग्री गाउँपालिका जनप्रतिनधी र सरोकारवाला निकायले क्वारिन्टिको अनुगमन गरेको छन् । शुक्रबार गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकीको नेतृत्वमा गाउँपालिका स्तरीय क्वारिन्टिनको अनुगमन गरिएको हो ।
यस क्वारीन्टिनमा रहेको नागरिकहरुको अवस्थाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नका लागि अनुगमन गरिएको हो ।
गाउँपालिका किलाचौर नजिकै रहेको जनता प्राथमिक विद्यालयको भवनमा रहेको क्वारिन्टिनमा हाल कुवेटबाट आएका ४ जना र भारतबाट आएका ४ जना गाउँपालिकाबाट ति नागरिहरुलाई यातायातमा उद्धार गरेका ३ जना गरी ११ जना रहेका थिए । गाउँपालिका उपाध्यक्ष भिमकला रोकामगरले समस्याको बारेमा बुझ्न खोज्दा ति नागरिहरुले समयमै पिसीआरको रिपोट आउनु पर्ने, खानेपानीको उपलब्धता सहज नभएको, मेस व्यवस्थापनमा केही सुधार गर्नुपर्ने विषयहरु औलाएका थिए । त्यसका लागि साथै आफूहरुले नियमित रुपमा चेकजाँच नभएकोे लगायतको गुनासाहरु गरेका थिए । गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकीले नागरिकहरुले स्थानीयतहले गरेको कार्यलाई स्वागत गर्दै आफ्नो, परिवार र समाजको लागि क्वारिन्टिनमा बसि दिनका लागि आग्रह गर्नुभएको थियो । ति व्यक्तिहरुको सेवा तथा स्वास्थ्य जाँचमा राम्ररी ध्यान दिनका लागि स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीलाई सुझाव दिनुभएको थियो । प्रमुख प्रसाकीय अधिकृत कम्मन गिरीले कारिन्टीनमा रहेका नागरिहरुलाई जति बेलामा पनि उच्च मनोवल बनाएर अगाडि बढ्नका लागि आग्रह गर्नुभएको थियो ।
अनुगमन पश्चात् बसेको समीक्षात्मक बैठकमा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले सम्पूर्ण गाउँपालिकामा एक रुपतामा कार्यन्वयन हुनुपर्ने, अन्य गाउँपालिकाहरुले पनि आफूहरुले झै कडा गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरलाई जानकारी गराउनुभएको थियो । गाउँपालिकाले अझै सचेततापूर्वक काम गर्नुपर्ने बताउनुभएको थियो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कम्मन गिरी, स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकी, प्रहरी कार्यालय किलाचौरका प्रमुख सिताराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधि महेन्द्र गुरुङल, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिकाले आफ्ना पालिकाको जनताको अवस्थालाई ध्यान दिएर काम गरिरहेकोमा कतिपय नागरिहरुले लुंग्री गाउँपालिका बढी कडा गरेको गुनासो गरेको भएपछि त्यो आम गाउँपालिका नागरिकको अवस्थालाई सुधार गर्नका लागि नै हुने कुरामा कुनै दुईमत छैन । त्यसैले आफ्नो लागि हो भन्ने कुरा बुझ्नु पर्ने आजको समयको माग हो ।

You may also like