रोल्पा अस्पताललाई ३ करोड रुपैया प्रदान


रोल्पा समाचारदाता
१३ जेठ रोल्पा

This image has an empty alt attribute; its file name is rolpa-hospital.jpg-111.jpg


रोल्पामा अर्थ मन्त्रालयले जिल्ला अस्पताल रोल्पाका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको छ । कोभिड १९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयू र आइसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ सुनिश्चित गरेको हो । आज मन्त्रालयबाट निर्णय भएपछि रोल्पा जिल्लालाई अब केही राहत हुने भएको छ ।
मन्त्रालयले तेस्रो चरणमा रोल्पा अस्पतालका बजेट विनियोजन गरेको छ । जिल्लाबाट माग भए अनुसार बजेट बिनियोजनमा ढिलो छिटो भएको बताएको छ । कोरोना महामारी तिब्र भएपनि रोल्पामा अहिलेसम्म आइसियू र भेन्टिलेटर छैन । अर्थ मन्त्रालयले यसअघि दुई चरणमा विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको थियो । रोल्पा जिल्लामा यो सेवा भएपछि रोल्पा र रुकुमका नागरिकलाई सेवा प्रदान हुनेछ ।
अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले भन्नु भयोः–“सिधै अर्थ मन्त्रालयमा मागेर हुने होईन, प्रक्रियागत अनुसार हुन्छ । जसले छिटो माग्यो ति अस्पतालाई छिटो रकम भएको हो र जसले ढिलो ग¥यो उनीहरुका लागि ढिलो भएको हो । कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले आज ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । त्यसै अन्तर्गत रोल्पा पनि परेको हो ।”
रोल्पा जिल्लामा बजेट आएको कुरा सकरात्मक भएपनि कार्य सम्पादन गर्नका लागि समय अभाव हुन सक्ने जिल्ला अस्पताल रेउघा रोल्पाका प्रमुख डा. प्रकाश बुढाले बताउनुभयो । रोल्पा जिल्लालाई प्रदान गरेको बजेटलाई कार्यन्वयन गरी सुविधा सम्पन्न बनाउनको लागि अनुरोध गर्नुभयो ।

You may also like