उपभोक्ता समिति पदाधिकारीहरुका लागि अनिशिक्षण तालिम फगाममा सम्पन्न

आशिष पुनमगर । फगमा । उपभोक्ता समितीका पदाधिकारीहरुका लागि आयोजना कार्यन्वयन तथा सन्चालन सम्बन्धि अनुशिक्षण तालिम कार्यक्रम सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाममा सम्पन्न भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका वडा अध्यक्ष अमरजित पुनमगरको अध्यक्षतामा शुरु भएको कार्यक्रमको प्रमुख अतिथी सुनछहरी गाउँपालिका उपाध्यक्ष ननकला घर्तीमगर रहनुभएको थियो I कार्यक्रममा कार्यपालिका सदस्य एवं सुनछहरी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य निर्मला पुनमगर, वडाहरु सदस्य कर्ण बहादुर पुन, खुम बहादुर रोकाक्षेत्री र कमला बिक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर पुन, फगाम स्वास्थ्य चौकी प्रमुख रन्जित कुमार यादव, ईलाका प्रहरी कार्यलय जेल्वाङ इन्चार्ज देबदत्त पाण्डे, वडा नम्बर ६ फगामका वडा सचिव गन्ज बहादुर थापा,सुनछहरी गाउँपालिकाका सव-इन्जिनियर महेन्द्र केसि,वडा नम्बर ६ फगामका कृषि प्राविधिक कृष्णा गिरी र राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सुनछहरी गाउँपालिकाका उपाध्यक्ष ननकला घर्तीमगरले व्यानर पढेर कार्यक्रम शुरु भएको घोषणा गर्नु भएको थियो l कार्यपालिका सदस्य एवं वडा नम्बर ६ फगामका वडा सदस्य निर्मला पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सुनछहरी गाउँपालिकाका सव-इन्जिनियर महेन्द्र केसि र सुनछहरी गाउँपालिकाका योजना अधिकृत रमेश गिरीले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण सुनछहरी गाउँपालिकाका योजना अधिकृत रमेश गिरीले गर्नुभएको थियो । नयाँ योजना सञ्चालन तथा कार्यान्वयन गर्न सहज बनाउने उद्येश्य सहित उपभोक्ता समितिहरूलाई तालिम दिइएको गाउँपालिकाले जनाएको छ । वडा नं १ बाट सुरु भएको तालिम वडा नं ७ जेलबाङमा गएर टुंगिने बताइएको छ ।

You may also like