रोल्पामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो पालिकाहरुमा संयोजक


रोल्पा समाचारदाता
असार १६ रोल्पा लिबाङ,

नयाँ गतिमा राष्ट्रिय रुपमा नै अगाडि बढीरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाको बैठक शनिबार सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । बैठकले जिल्लाका विभिन्न गाउँपालिकाहरुमा संयोजक चयन गरेको छ ।


बैठकपछि जिल्ला जिल्ला संयोजक जमुना विकका अनुसार सुनिलस्मृति गाउँपालिकामा विक्रम घर्तीमगर, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी, लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर र थबाङ गाउँपालिकामा अमृत डाँगीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्धारित कार्यतालिका अनुसार पालिका तथा वडाहरुमा पालिका तथा वडा स्तरीय भेला आयोजना गर्न संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । जिल्लाका अन्य पालिकाहरुमा पनि चाँडै संयोजक चयन गर्ने कार्य तालिका रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाले जनाएको छ । जिल्ला संयोजक जमुना विकको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुको सहभागिता रहेको थियो ।
यसै बीच राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका निर्वाचन क्षेत्र समितिका सदस्यहरुले एक कार्यक्रमका बीच शपथ लिएका छन् । निर्वाचन क्षेत्र समितिको सदस्यको रुपमा रमेश थापा, बालाराम डाँगी र भुपेन्द्र सिंह वलीले शपथ लिएका हुन् । जिल्ला संयोजक जमुना विकले निर्वाचन क्षेत्र समितिका सदस्यहरुलाई सपथ ग्रहण गराएकी हुन् । निर्वाचन क्षेत्र समितिको लिबाङमा सम्पन्न पहिलो बैठकले निर्वाचन क्षेत्र समितिमा रिक्त दुई सदस्य आगामी बैठकबाट पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहानेहरुलाई सदस्यता लिन आग्रह समेत गरेको छ ।
रोल्पा जिल्लामा पनि यसको सदस्य लिनेहरुको संख्या बढीरहेको बाह्यपक्षहरुको पनि विश्लेषण रहेको छ । खासमा स्वतन्त्र पार्टीले आफ्नो संगठन भन्दा पनि ऐजेण्डालाई स्थापित गर्न लागि रहेकोले पनि केही मानिसहरु त्यसतर्फ आकर्षित भएकाछन् ।

You may also like