पत्रकार महासंघका निवर्तमान सचिव घर्तीमगरको बुवाको मृत्युमा महासंघले जारी गर्यो शोक व्यक्तव्य

रोल्पा समाचारदाता
२०७४ चैत्र १७ गते


नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले नेपाल पत्रकार महासंघ रोल्पा शाखा रोल्पाका निवर्तमान सचिव इश्वरी घर्तीमगरका पुजनीय बुवा र कार्य समिति सदस्य अञ्जुली बाठामगरकाका हजुर बुवा स्व. खिमलाल घर्तीमगरको निधनप्रति एक शोक व्यक्तव्य जारी गरेको छ ।
स्थायी घर रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा झेनाको दहवन निवासी खिमलाल घर्तीमगर विरामी भएपछि लिबाङमा उपचारको शिलशिलामा मृत्यु भएको थियो । नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वर्काद्वारा शनिबार साझ जारी विज्ञप्तीमा भनिएको छ ः–“सम्बन्धमा नेपाल पत्रकार महासंघ रोल्पा शाखा रोल्पाका निवर्तमान सचिव श्री इश्वरी घर्तीमगर ज्यूका पुजनीय बुवा र कार्य समिति सदस्य श्री अञ्जुली बाठामगर ज्यूका हजुर बुवा स्व. खिमलाल घर्तीमगरको यही मिति २०७४ चैत्र १७ गतेका दिन ६८ वर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो सँस्था नेपाल पत्रकार महासंघ रोल्पा शाखा स्तब्ध भएको छ । मृत्यु एउटा मानव जीवनमा चल्ने पक्रिया भएपनि आज हामीले सिंगो अभिभावक गुमाएको महसुस गरेका छाँै । ”
शाखाका अध्यक्षले विज्ञप्ती जारी गर्दै रोल्पा जिल्लाको पत्रकारिता क्षेत्र र समाज सेवामा योगदान गर्न सक्ने सक्षम सन्तती इश्वरी जिएमलाई जन्म दिने र उहाँको नानी अञ्जुलीलाई प्ररेणा प्रदान गर्ने बुवा खिमलाल घर्तीमगरप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीर शान्तिको कामना गर्दै शोक सनतप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछाँै भनिएको छ ।

You may also like