“पूर्व सहायकमन्त्री सुवेदीको निधनले अपुरणीय क्षति भएको छ” –मुख्यमन्त्री केसी


राेल्पा समाचारदाता
माघ १९ गते बुटवल

This image has an empty alt attribute; its file name is reg-bahadur-ko-sambedana-1017x1024.jpg


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ द्वारासुनिलस्मृति गाउँपालिका वडा नं. ७ गजुल रोल्पा दलंगा निवासी पूर्व सहायक मन्त्री एवं रोल्पा जिल्लाका राजनीतिकज्ञ एवं शिक्षापे्रमी रेगबहादुर सुवेदीको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।
बुधवार एक शोक व्यक्तव्य जारी गर्दै पदेश सरकारको तर्फबाट समवेदना व्यक्त गर्नुभएको हो । सो विज्ञप्तीमा भनिएको छः–“ पूर्व सहायक मन्त्री एवं रोल्पा जिल्लाका राजनीतिकज्ञ एवं शिक्षापे्रमी रेगबहादुर सुवेदीको निधनमा मिति २०७८ साल माघ १८ गतेका दिन ८२ वर्षको उमेरमा आफ्नै निवासमा भएको दःुखद निधनले प्रदेश सरकारलाई दुःखित एवं मर्माहत बनाएको छ ।”
मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक एवं शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै सो विज्ञप्तीमा उल्लेख गरिएको छ–‘रोल्पा जिल्लाको शैक्षिक एवं राजनीतिक क्षेत्रमा स्वर्गिय सुवेदीले गर्नुभएको योगदानको सम्मान गर्दै उहाँको दुखद निधनको क्षणमा शोकलाई शक्तिमा बढल्नका लागि उच्च मनोवल प्रदान हुनेछ भन्ने कुरामा विश्वास गर्दै स्वर्गिय सहायक मन्त्री रेगबहादुर सुवेदीप्रति प्रदेश सरकारको तर्फबाट चीरशान्तिको कामगनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकसनतप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
पूर्व सहायक मन्त्री रोल्पा जिल्लाको राजनीतिक एवं शैक्षिक क्षेत्रका आधार मानिनु हुन्छ । उहाँ धेरै लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर काम गर्दै सहायक मन्त्री समेत बन्नुभएको थियो । हाल भने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधीको भूमिका निर्वाह गरिरहनुभएको थियो ।

You may also like