गठबन्धनका केन्द्रीय नेतृत्वको चाहाना अनुसार प्रदेश सरकारको नेतृत्व अगाडि बढ्छः मुख्यमन्त्री

गठबन्धनका केन्द्रीय नेतृत्वको चाहाना अनुसार प्रदेश सरकारको नेतृत्व अगाडि बढ्छः मुख्यमन्त्री कुल प्रसाद के.सी

माघ १४ गते, लिबाङ–रोल्पा ।
राज्य व्यवस्था परिवर्तनको सिलसिलामा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित महान जनयुद्वको क्रममा जनपक्षय पत्रकारिताको क्रममा जीवन बलिदान गर्नुहुने महान शहीद कृष्ण सेन ‘इच्छुक’, दिल बहादुर रम्तेल लगायतका महान शहीदहरुप्रति भावपूर्ण श्रद्वाञ्जलीसहित घाइते÷अपाङ्ग र वेपत्ता योद्वाहरुप्रति सु–स्वास्थ्य, दीर्घायुको कामना प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शुक्रबार लिबाङमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा लुम्बिनी प्रदेश सरकार नेपालका मुख्यमन्त्री माननीय कुल प्रसाद के.सी.ले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘प्रेस सेन्टर नेपालको इतिहास गौरवपूर्ण छ । युद्वको समयमा सेन्टर नेपालमा आवद्व महान योद्वाहरुले जिम्मेवारीपूर्ण पत्रकारिताबाट तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित महान जनयुद्वमा सत्य तथ्य खबर सम्प्रेषण्मा सहयोग पुगेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै कार्यन्वयनमा जिम्मेवारीपूर्ण भूमिका पुनः प्रेस सेन्टर नेपालले निर्वाहका लागि म शुभकामना व्यक्त गर्दछु ।”
“संघीय सरकारका निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीको गलत प्रवृत्तिको विरोधमा नेकपाभित्र नै अन्तरसंघर्ष गर्दै हामी आएको थियौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) फर्किने निर्णय बमोजिम असंवैधानिक कदमको विरोधमा म लगायत केन्द्रीय नेताहरुको पहलमा लुम्बिनी प्रदेशमा वर्तमान गठबन्धनले देशभरि पुर्णता पाएको थियो । आज हामी गठबन्धनबाट नै राष्ट्रिय सभाको निर्वाचनमा प्रतिगामी पार्टी नेकपा (एमाले)को नेतृत्वको गठबन्धका उम्मेद्वारलाई पराजय बनाउन सफल भएका छौं । यो गठबन्धनको अर्काे महत्वपूर्ण उपलब्धि हो । प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने वा नहुने कुरा गठबन्धनका केन्द्रीय नेतृत्वको हातमा छ” उहाँलेभन्नुभयो,“नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस सहितको पाँच दलिय गठबन्धनको अन्तिम जित हो ? प्रतिपक्ष पार्टी नेकपा (एमाले)का नेताहरुको अभिव्यक्तिलाई राजनीतिकमा हुने सामान्य टिकाटिप्णीको मात्र हो ।”
मुख्यमन्त्री के.सी.ले भन्नुभयो,“नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस पार्टीसहित पाँच राजनीतिक दलहरुको बिचको यो गठबन्धन सामान्य उद्वेश्यले नभएको छैन । जतिबेला संघीय सरकारका निवर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपि शर्मा ओलीले प्रतिनिधिसाभा विघटन गरेर नेपाली जनताको त्याग, बलिदान र योगदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संविधानलाई खारेजी गर्ने अवस्थाको सिर्जनामा नेपाली जनताको भावना, राष्ट्रिय स्वाधिन्ता र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि बनेको यो वर्तमान गठबन्धन हो । प्रतिपक्ष पार्टी नेकपा (एमाले)को नेताहरुले भनेको जस्तो गठबन्धन होइन । यो गठबन्धनलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा गठबन्धनका केन्द्रीय नेतासहित तल्लो स्तरसम्म नियमित रुपमा बहस भएका छन् ।” यो गठबन्धन पद र कुर्चिका लागि भन्दा पनि नेपाली जनताको भावना, राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानको रक्षाका लागि अहोरात्र जिम्मेवारी निर्वाह गर्ने उद्घोष समेत उहाँले गर्नुभयो । लुम्बिनी प्रदेश सरकार प्रतिपक्षले विरोध नगर्ने गरी नीति तथा कार्यक्रम तय गरेको हुँदा प्रतिपक्षले सरकारको विरोध नगरेको मुख्यमन्त्री के.सी.को भनाइ छ ।
प्रदेश सरकारले भौतिक निर्माणका कुराभन्दा पनि प्रदेशबासीको आवश्यकताको आधारमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम तय गरेको मुख्यमन्त्री कुल प्रसाद के.सी.ले बताउनुभयो । उहाँले भन्नुभयो,“दारबोटदेखि सिमलबाङसम्मको सडक खण्डको अन्तिम म्याद यही चत्रै महिनाको मसान्तसम्म भएकोले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै आएका छौं । हाम्रो अनुरोधलाई वेवास्ता गर्दै निर्माण व्यवसायीले निर्धारित समयमा सम्पन्न नगरेको खण्डमा कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।” निर्माण व्यवसायीहरुमध्ये एक निर्माण व्यवसायी राजवीर घर्तीमगरले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले खुसी समेत व्यक्त गर्नुभयो । निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई निर्माण व्यवसायी राजवीर घर्तीको मार्ग हिड्न उहाँले अनुरोध गर्नुभयो । प्रदेश सरकारले जिल्लाको समग्र विकासको निम्ति समान दृष्टिकोणबाट नीति तथा कार्यक्रम तय गर्दै आएको मुख्यमन्त्री के.सी.ले उद्घोष गर्नुभयो ।

लुम्बिनी प्रदेशको सञ्चार विधेयक उत्कृष्टि विधेयक बन्छः आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्मा


This image has an empty alt attribute; its file name is s4-1024x768.jpg

लुम्बिनी प्रदेश सरकारले बनाउने सञ्चार विधेयक सात वटै प्रदेश र संघीय सरकारको विधेयकभन्दा उत्कृष्टि विधेयक बन्ने बताउनुभयो ।
उहाँले सञ्चार विधेयक निर्माणको पुर्वसन्ध्यामा सञ्चारसँग सम्बन्धित निकायहरुसँग नियमिति छलफलबाट मन्त्रालय विधेयकको अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो । विधेयक निर्माणमा नेपाल पत्रकार महासंघको संस्थागत सक्रिय भूमिकालाई उहाँले प्रशंसा गर्नुभयो । अब बन्ने सञ्चार विधेयक सञ्चारमैत्री बन्ने विश्वासष्टका लागि उहाँले अनुरोध गर्नुभयो ।
प्रदेशबाट विनियोजित वजेट राजनीतिक आस्थाको आधारमा विनियोजिट भएको भन्दै पत्रकारहरुको प्रश्नको जवाफमा मन्त्री शर्माले भन्नुभयो,“प्रदेश सरकारले प्रदेशका सबै सञ्चारमाध्यमहरुलाई सम्मान दृष्टिकोणले व्यवहार गर्दै आएको छ । तर, जिल्लाका माननीयहरुको वजेट सिलिङको आधारमा वजेट विनियोजिट गर्दा राजनीतिक आस्थाको आधारमा वजेट विनियोजिट गरेको जस्तो भ्रमण बढेको छ । त्यो भ्रम प्रदेशको सबै जिल्लाहरुमा परेको छ । सरकारलाई विनियोजिट वजेट कार्यन्वयनमा केही जटिल्ता समस्या उत्पन्न भएको छ । तर, ति समस्याको बिच पनि विनियोजिट वजेट कार्यन्वयन गर्ने तयारी सरकारले गरेको छ ।” प्रदेश सरकारले पत्रकारहरुको क्षमता विकासका लागि रु ४० लाख रकम विनियोजिट गरेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि सरोकारवाला निकायहरुको सल्लाह सुझावहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने धारणा समेत व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is s1-1024x768.jpg

त्यसैगरी प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश नेपालका अध्यक्ष एवं मुख्यमन्त्री माननीय कुल प्रसाद के.सी.का प्रेस संयोजक मानसिंह विश्कर्मा, नेपाल प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक एवं लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा घर्तीमगर, रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य कर्मलाल परियार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने, प्रेस युनियन रोल्पा जिल्ला अध्यक्ष लोकेन्द्र चन्द, प्रेस चौतारी रोल्पा जिल्लाका अध्यक्ष तिलक संघर्ष मगर लगायतको आतिथ्यता थियो । प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भरत नेपालीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रेशम बि.क.ले गर्नुभएको थियो ।

You may also like