रोल्पा उद्योग वाणिज्य संघद्वारा स्वागत तथा शुभकामना आदन प्रदान

रोल्पा उद्योग वाणिज्य संघद्वारा स्वागत तथा शुभकामना आदन प्रदान
माघ ६ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is b-1-1024x769.jpg

रोल्पा जिल्लाबाट नेपाल उद्योग वाणिज्य संघ केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य किशोर कुमार आचार्य र लुम्बिनी प्रदेशको उपाध्यक्ष बाल कृष्ण सुवेदीलाई स्वागत तथा शुभकामना आदन प्रदान कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधरण सभाबाट रोल्पा जिल्लाका पुर्व अध्यक्ष किशोर कुमार आचार्य केन्द्रीय सदस्यमा निर्वाचित र निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी लुम्बिनी प्रदेश उध्यायक्षमा निरविरोध निर्वाचित हुनु भएकोले उहाँहरुलाई रोल्पा उद्योग वाणिज्य संघले स्वागत तथा शुभकामना प्रदान गरेको हो । यस जिल्लाबाट पनि उद्योग वाणिज्य संघको केन्द्रमा र प्रदेशको जिम्मेवारीमा पुग्दा रोल्पालीलाई खुसी भएको कार्यक्रममा बोल्ने व्यक्ताहरुले बताउनुभयो । साथै ५४ आंै महाधिवेसनमा भाग लिन जाँदा केन्द्रीय सदस्य किशोर कुमार अचार्य गाडि दुर्घटनामा घाइते हुुँदा रोल्पा उद्योग वाणिज्य संघले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिलन रोकाले गर्नुभएको थियो ।

You may also like