राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा कम्युनिष्टहरुको धरोहर स्वर्गीय खगुलाल गुरुङको

राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा कम्युनिष्टहरुको धरोहर स्वर्गीय खगुलाल गुरुङको
श्रद्वाञ्जली कार्यक्रम


This image has an empty alt attribute; its file name is j3-1.jpg

११ असोज, लिबाङ ।
कम्युनिष्टहरुको धरोहरको प्यूठान जिल्लाको गौमुखी गाउँपालिका ७ नं. नारीकोट कोइला टोल निबसी स्वर्गीय खगुलाल गुरुङको दुःखत निधनको अवसरमा राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा आज लिबाङ श्रद्वाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ प्रोख्रेल, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी. अखिल नेपाल शिक्षक संघ रोल्पा जिल्ला अध्यक्ष कमलराज भट्टराई लगायतका अतिथिहरुले श्रद्वाञ्जली मनतव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगर, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको प्रतिनिधि सह सचिव रेशम बि.क. लगायतको आतिथ्यता थियो । कार्यक्रममा सहभागी अतिथिहरुले स्वर्गीय खगुलाल गुरुङको फोटोमा अविर लगाएर श्रद्वाञ्जली अर्पण गर्दै सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । स्वर्गीय गुरुङको जन्म वि.स. १९७५ भाद्रको २५ गते जन्म भएको थियो भने मृत्यु २०७८ साल असोजको ३ गते १०४ वर्षमा दुःखत निधन भएको थियो । उहाँको जीवनीसँगै राजनीतिक इतिहासको विषयमा राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टले प्रस्तुत गर्नुभएको थियो ।
राज्य व्यवस्था परिवर्तनमा कम्युनिष्ट नेता खगुलाल गुरुङले अटुलनीय योग्दन रहेको भन्दै उहाले देखाएको बाटोमा कम्युनिष्ट पार्टीहरु र नेताहरु अगाडि बढ्नु पर्ने वक्ताहरुको भनाइ छ । स्वर्गीय गुरुङ लगायतका अग्रज कम्युनिष्ट नेताहरुले रोल्पा जिल्लामा कम्युनिष्ट पार्टी गठनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले प्रशंसा समेत गरेका थिए । स्वर्गीय गुरुङले देखाएको कम्युनिष्ट विचरा, आस्थालाई आत्मसात गर्दै अगाडि बढ्न सकिएमा मत्रा कम्युनिष्टहरुको सपना पूरा हुने उहाँहरुले आवश्यकता औल्याउनुभयो । राष्ट्रिय जनमोर्चा पार्टी रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सं.वि. रा.अ. संयोजक हस्तमनी पुनले गर्नुभएको थियो ।

You may also like