“नेपालको भृकुटी कागज कारखना सञ्चालन गर्नु पर्दछ ”


–केन्द्रीय अध्यक्ष विष्णु तिवारी
फागुन ५ गते देउखुरी लमही

This image has an empty alt attribute; its file name is bisnu-1024x771.jpg

नेपाल मुद्रण उद्योग महासङघका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद तिवारीले नेपालको भृकुटी कागज कारखना सञ्चालन गर्नका लागि नेपाल सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभयोः“नेपालको छापाखाना तथा मुद्रण उद्योगहरुलाई कागज विदेशबाट लिनु पर्दछ, त्यो आपुर्ति गर्नका लागि भृकुटी कागज कारखना सञ्चालन लिनुपर्दछ । यसले राज्य र उद्योगलाई नै फाइदा पुग्दछ ।”
उहाँले आत्मनिर्भर ब नेपालको समृद्धिको लागि नेपालका मुद्रण व्यवसायीहरुले ठूलो योगदान गरेको बताउँदै नेपालको राज्यले हाम्रो भूमिका र योगदान कहिल्यै राज्यले नबुझेको बताउनुभयो । उहाँले यस्तो विचार नेपाल मुद्रण उद्योग महासङ्घको लुम्बिनी प्रदेशको दोस्रो बार्षिक साधारणसभा तथा अधिबेशनको शुभकामना मनतव्य दिदैँ लुम्बिनी प्रदेशको राजधानी लमहीमा शनिबार बताउनुभयो ।
उहाँले राज्यको प्रतिषप्रधि रहेको बताउँदै त्यसको लागि राज्यले साझेदारीको रुपमा लग्न नसेको बताउनुभयो । उहाँले वर्तमान उज्यालो भएपछि पनि भविस्य उज्यालो हुने बताउँदै हामी मुद्रण व्यावसायीहरु भविस्य पनि उज्यालो हुने बताउनुभयो । उहाँले नेपाल मु उहाँले सम्पूर्ण मुद्रण उद्योगिहरु एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष तिवारिले आफ्नो जीवन निर्वाह मात्रै भन्दा पनि समाजको सेवा गरिरहेको सरकारले सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले नेपालमा जनक शिक्षा सामाग्री केन्द्रले ५५ करोडको नाफा देखाएको सूचना गोरखापत्र छापिएको सन्दर्भमा घर भाडा तिर्न नपर्ने, कर्मचारी तलव नदिने भएमा त्यसको नाफा देखिएको बताउनुभयो ।
नेपाल मुद्रण उद्योग महासंघकाका केन्द्रीय उपाध्यक्ष मिना ढकालले कुनै पनि सँस्था सञ्चालन हुनका लागि सँस्थागत आधारहरु भएको कारणले गर्दा संस्थात विकासकामा लाग्नु बताउनुभयो । पहिलो पटक लुम्बिनी प्रदेशबाट केन्द्रीय अध्यक्ष निर्वाचित बनाएकोले कार्यकाल पनि फलदायी बनाउनु पर्ने बताउनुभयो ।
मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले, अब प्रदेश भित्रका सबै मुद्रण व्यवसायी एक जुट भएर अगाडि बढ्नेवेला आएको वताउदै, प्रदेश भित्रका सबै जिल्ला संघहरुलाई प्रविधि मैत्री बनाउने कामलाई सबै सरकार र महासंघ अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल मुद्रण उद्योग महासंघको साधारण सभामा महासंघ लुम्विनी प्रदेश सदस्य जगदीश भट्टराई, रोल्पाका मानसिंह विश्वकर्मा, वर्दियाका सन्तोष भट्टराई, दाङ जिल्लाका दीपक आचार्य, कपिलवस्तुका गोमान पाण्डे, प्युठानका लक्ष्मी न्यौपाने, वाकेकाय विनोद पौडेल, रुपन्देहीका पशुपति पौड्याले लगायतका दर्जनौ मुद्रण व्यवसायीले मुद्रण क्षेत्रमा देखिएका समस्या र समाधानका उपायका विषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
उद्घाटन समारोह नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष घनश्याम घिमिरेले स्वागत गर्नुभएको थियो । सचिव सिएम उपाध्यायको सन्चालनमा भएको थियो ।

You may also like