किन खोज्ने असल बिमा अभिकर्ता

किन खोज्ने असल बिमा अभिकर्ता

नेपालका गाउँ÷शहर चारैतिर जीवन बिमा गर्ने÷गराउनेको लहर पछिल्लो समयमा बढ्दो क्रममा छ । हजारौं अभिकर्ताहरू मार्फत मानिसहरुलाई बिमा गर्ने÷ गराउने बिमा कम्पनीहरुको प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो समयमा विभिन्न बिमा कम्पनीमा काम गर्ने अभिकर्ताहरुको संख्या बढिरहेको अव स्था छ । संख्या मात्रै बढ्ने र धेरै अभिकर्ताहरुलाई बिमाको बारेमा आधारभुत ज्ञानसम्म पनि नभएको देखिन्छ । धेरै जसो अभिकर्ताहरुको नैतिक अनुसासन पनि छैन । जस्ले गर्दा जीवन बिमाको बारेमा गाउँ ÷समाजमा अझै पनि सहि सन्देश जान सकेको छैन । कम्पनीले दिने सेवा सुविधाभन्दा अरु बढाएर कुरा गर्ने, आफ्नो बाहेक अरू कम्पनी अबैध हो भन्ने, मेरोमा बिमा गरे कमिसन दिन्छु, राजनीतिक पार्टी र धर्मसँग जोडेर कुरा गर्ने, मादक पदार्थ खाएर बिमाको प्रस्ताव गर्ने, मध्य रातमा कल गरेर बिमाको कुरा गर्ने, बिमा गर भनेर धमकाउने जस्ता अनैतिक कार्यले व्यापकरुप लिएको छ । अहिले इमानदारी र सक्षम अभिकर्ताहरू पनि धरापमा पर्ने र काम गर्न गाह्रो हुने अवस्था सिर्जना भएको छ । खास गरि यस्ता खाले अभिकर्ताबाट सबै होसियार हुन जरुरी छ । यी अभिकर्ताबाट बिमा गर्दा सर्वसाधारणहरू मर्कामा पर्ने देखिन्छ । कम्पनीले दिने सेवा, सुविधाभन्दा बढाएर गलत बोलेर अनेक लोभ देखाएर बिमा गरिदिने र कमिसन खाने । तर, उनिहरुले भने अनुसारको सुविधा बिमितले नपाउने यो अवस्था निश्चित आउँछ । त्यसैले सबै जनाले बिमा गर्दा कम्पनीले दिने सेवा सुबिधा बुझेर राम्रो असल अभिकर्ता चिनेर मात्रै जीवन बिमा गर्दा भोलीका दिनमा पछुतो गर्नु पर्दैन । सामन्य रुपमा निम्न कुरामा ध्यान दिएमा भोलि आउने समस्याबाट जोगिन सकिन्छ ।
असल अभिकर्ताको काम
१– कम्पनीकोतर्फबाट बिमा चाहने मान्छेको सम्पर्कमा पुग्ने र प्रस्ताव फाराम भराउने,
२– जीवन बिमा सम्बन्धि आवश्यक र सहि सल्लाह दिने,
३– दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई सहयोग गर्ने,
४– बिमितलाई आफुले भ्याएसम्म किस्ता बुझाउन बिमालेखबाट ऋण
लिन चाहेमा सहयोग गर्ने,
५– बिमा अवधि भरी बेला बेलामा नजिक भए भेटघाट गर्ने, नजिक नभए फोन गर्ने, आफ्नो पेशालाइ निरन्तरता दिने,

असल अभिकर्ता नचिनेर बिमा गर्दा यी समस्या आउन सक्छ
१– बिमाकोको बारेमा गलत कुरा सुनेर मनमा लोभ जाग्ने र बिमा पोलिसी खरिद गर्न बाध्य हुने !
२– आफ्नो आर्थिक आम्दानीको हैसियतभन्दा ठूलो राशीको बिमा गर्ने जस्ले गर्दा बिमा अवधिभरि किस्ता लगातार भुक्तानी गर्न नसक्ने अवस्था आउने,
३– अभिकर्ताले समय मै किस्ताको जानकारी नदिने, वेवास्ता गर्ने जस्ले गर्दा किस्ता बुझाउने अवधि सकिएर बिमालेख ल्याप्स भएर जान सकने,
४– पेशालाई निरन्तरता नदिने, एक दुई जनाको बिमा गर्ने र अभिकर्ता सम्पर्क बिहिन भैदिने ! अभिकर्ता यो पेशाबाट प्लायन नै हुने भएकोले बिमा अवधिभरि बिमितले अभिकर्ताबाट सहयोग नपाउने,

जस्ता समस्याहरू पछिल्लो समयमा बिमितहरुले भोग्नु परेको वास्ताविकता हो ।
बिमितहरुले पछिल्लो समयमा तमान समस्याहरू भोग्नु पर्ने बाध्यता छ । विमिते समयमा नै यस्ता गलत कुराहरू बुझेर जीवन गर्दा अनेक तनावबाट मुक्त भइन्छ । जीवनमा बिमा गर्नु राम्रो पक्ष हो । तर, सत्य तथ्य कुराहरू मात्र बुझेर बिमितले बिमा गर्दा जीवन सुरक्षित हुन सक्छ । धेरै बिमितहरुले गलत कारणको कारण विभिन्न प्रलोभनमा परेर आफ्नो आर्थिक अवस्थाभन्दा बढिको राशीको जीवन विमा गर्दा नियमित किस्ता कम्पनीलाई बुझाउन नसकेको वास्तविकता नै हो । विमितले धेरै कुराहरुलाई बुझेर जीवन विमा गर्नु भनेको नराम्रो कुरा होइन । तर, गलत नियतले अभिकर्ताले विमितलाई विभिन्न प्रलोभनमा पारेर बिमा गर्दा बिमितले मानसिक तथा आर्थिक समस्याहरू भोग्नु परेको छ । जीवन बिमा आफैमा गलत कार्य होइन । बिमाको समयवधिमा थोरै किस्तामा आर्थिक वचत भई निर्धारित समयवधि पूरा भएपछि कम्पनीको नियम अनुसार रकम फिर्ता, विभिन्न दीर्घ रोगको उपचारमा सहज, विभिन्न दुर्घटनमा परेर जीवन गुमाएको अवस्थामा कम्पनीको नियम अनुसार दाबी रकमको व्यवस्थाले पीडित परिवारलाई आर्थिक राहातले आर्थिक र मानसिक पीडामा बिमा कम्पनीहरुले राहत दिएका छन् । त्यसैले मानव जीवनमा जीवन महत्वपूर्ण पक्ष हो । जीवन बिमा गर्दा अभिकर्ता अनि कम्पनीको नियमहरू बुझेर मात्र बिमितहरुले जीवनमा विशेष ध्यान पु¥याउन जरुरी छ ।

एम.पि पुन “विवश”
एजेन्सी म्यानेजर

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

दाङ घोराहि, शाखा

You may also like