रोल्पामा आजसम्म २४ हजार २४६ जना मानिसको स्वास्थ्य परीक्षण

रोल्पामा आजसम्म २४ हजार २४६ जना मानिसको स्वास्थ्य परीक्षण
१३ वैशाख, लिबाङ–रोल्पा

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ । यस जिल्लामा शनिबार ८८४ जना मानिसको स्वास्थ्य परीक्षण भएको छ ।
यस जिल्लामा हालसम्म कोरोना भाइरस सम्बन्धि दैनिक कार्य अन्तर्गत २४ हजार २४६ जना मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइन वेडको संख्या ५ हजार ५२४ ओटा छन् भने अघिल्लो दिन ४ हजार ५ सय जना मानिसहरु क्वारेन्टाइनमा रहेका थिए । आज ९७५ जना मानिसहरु थप भएका छन् भने आज क्वारेन्टाइनबाट ४४ जना मानिसहरु फिर्ता भएका छन् । क्वारेन्टाइनमा १ हजार ८४६ जना महिलाहरु र ३ हजार ५८५ जना पुरुष गरी ५ हजार ४३१ जना मानिसहरुको रहेका छन् । नगरपालिका÷गाउँपालिकाहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खानपिनको व्यवस्थापन राम्रो व्यवस्थापन गरिएको छ । त्यसैगरी यस जिल्लामा २३ वेडको आइसुलेसनमा आज एक जना पुरुष भर्ना भएका छन् । जिल्लामा हालसम्ममा पिपिईको सेट जम्मा ३५८ रहेको रिर्पाेट सम्बन्धित निकायमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले बताउनुभयो । उहाँको अनुसार हालसम्म यस जिल्लामा आरडिति परीक्षण भएका २९७ जना मानिसहरुको कोरोना भाइरसबाट संक्रमित नभएको रिर्पाेट आएको जानकारी दिनुभयो । यस जिल्लाको विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट ४१७ जना मानिसहरु फिर्ता भएका छन् भने हालसम्म आइसुलेसनबाट ९ जना मानिसहरु घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले जानकारी दिनुभयो ।

You may also like