सुनछहरी गाउँपालिकाको गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सुनछहरी गाउँपालिकाको गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न


This image has an empty alt attribute; its file name is 2-1024x473.jpg

जुनिश कुमार विष्ट
२३ भाद्र, पोबाङ । सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा कार्यक्रम पोबाङमा आज सम्पन्न भएको छ ।
गाउँपालिकाले प्रजातान्त्रिक प्रक्रिया अपनाएर वडातह हुँदै गाउँपालिकासम्म समीक्षा कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । आर्थिक वर्षको अन्तमा गाउँपालिकाले प्रत्येक वर्ष समिक्षा कार्यक्रम आयोजना गरि गाउँपालिकाको गतिविधि प्रगति सरोकारवाला सबैलाई जानकारी गराउने र उहाँहरुबाट सल्लाह सुझाव लिने गरिएको उहाँको भनाइ छ ।
आर्थिक वर्षमा विनियोजित बजेट रु ३७ करोड ५५ लाख १० हजार ४ सय ३० रुपैयाँमध्ये रु २९ करोड ९८ लाख ८९ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ भने रु २ करोड ९३ लाख ९३ हजार ५१ रुपैयाँ अल्या रकम रहेको छ भने सशर्त फिर्ता रु ४ करोड ६२ लाख २२ हजार ७ सय ५१ रुपैयाँ फिर्ता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुनले कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
साथै आर्थिक वर्ष २०७७÷०७८ मा वडापालिका तथा गाउँपालिका ब्याकहो लोडर समेतको आम्दानी रु ४६ लाख ८१ हजार ८ सय १८ रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्षमा १३० वटा योजनामध्ये १२६ वटा योजना सम्पन्न भएका छन भने ४ वटा योजना सम्पन्न हुन सकेन भने एक वटा बहुवर्षिय रहेको छ । निर्माण योजना अन्तर्गत सम्पन्न योजनाहरू मोटरबाटो १२ वटा, भवन निर्माण २६ वटा नयाँ खानेपानी योजना, ९ वटा खानेपानी मर्मत योजना, १० वटा घेराबार फिल्ड, सिढी बाटो तथा भौतिक सुधार निर्माण योजना, २६ वटा मर्मत योजना १९ गोरेटो बाटो निर्माण योजना ४ वटा सौचालय निर्माण योजना ४ वटा सिंचाइ निर्माण योजना, ३ वटा अन्य योजना १३ वटा रहेको उहाँले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 1.jpg

हाल सम्पन्न गाउँपालिकाबाट तर्जुमा गरिएको नियम निर्देशिका र कार्यविधिहरू ५२ वटा बनेका छन् । आर्थिक वर्षभरिमा गाउँपालिकाको वडा नम्बर ७ जेलबाङ र वडा नम्बर ५ नारबाङ विभिन्न बजार र टोलका पसलहरुमा १÷१ पटक बजार अनुगमन टोलिबाट बजार अनुगमन भएको, अनुगमनको क्रममा अखाद्य, म्याद नाघेका वस्तु नष्ट गर्न सुरक्षा निकायलाई सिफारिस समेत गरेको थियो । यस्तै ७ वटै वडामा बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धि कार्यक्रम हुनुको साथै खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माणको लागि वडाबाट तथ्यांक संकलन गरिएको थियो । तर, कोरोनाको कारण सबै काम सम्पन्न हुन नसकेको साथै प्रदेश सरकारबाट जेलबाङदेखि जलजलासम्म जाने गुरिल्ला पदमार्ग बाहिरीगाम दहबाङ ताल संरक्षण योजना सम्पन्न भएको छ । गाउँपालिकामा एक वटा कोभिड अस्थायी अस्पताल पोबाङमा सञ्चालनमा रहेको छ । यस्तै आईएन एफ नेपाल र गाउँपालिकाको साझेदारीमा वडा नम्बर २ को हारबाङ गिच्छे खानेपानी योजना वडा नम्बर ३ को बाङनाङ खानेपानी योजना, सोगोखोला खानेपानी योजना वडा नम्बर ४ को नारबाङ खानेपानी योजना निर्माण सम्पन्न भएको छन् ।

You may also like