राेल्पा जिल्लाकाे राेल्पा  नगरपालिकामा ५ जना र सुनिल स्मृति गाउँपालिकामा १२ गरी आज १७ जना कोरना संक्रमित पुष्टि

राेल्पा जिल्लाकाे राेल्पा  नगरपालिकामा ५ जना र सुनिल स्मृति गाउँपालिकामा १२ गरी आज १७ जना कोरना संक्रमित पुष्टि
जेठ,३१ गते
लिबाङ–रोल्पा


भेरी अस्पताल नेपालगञ्जको सार्वजनिक रिपोर्ट अनुसार आज रोल्पा नगरपालिकामा ५ जना मानिसमा र सुनिल स्मृति गाउँपालिकामा १२ जना मानिसमा गरी १७ जना मानिसहरु नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । यो संख्यासँग अहिलेसम्म यस जिल्लामा ३४ जना मानिसहरुमा कोरोना संक्रमित भएका छन् ।
रोल्पा नगरपालिका–१ नं. वडाको बामरुकको क्वारेन्टाइनमा रहेकामध्ये ५ जना मानिसहरु कोरोना संक्रमित भएका हुन् । त्यसैगरी सुनिल स्मृति गाउँपालिकाको विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएकाहरुमध्ये आज १२ जना मानिसहरुमा कोरोना संक्रमित भएको भेरी अस्पताल नेपालगञ्जले रिपोर्ट सार्वजनिक गरेको हो । अस्पतालको सार्वजनिक रिपोर्ट अनुसार रोल्पा नगरपालिका–१ बामरुकको क्वारेन्टाइनमा संक्रमित ५ जनाहरु १८, २५, २२, १८ र २१ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी सुनिलस्मृति गाउँपालिका वडा नं. १ का ६ जना मानिसहरुमा क्रमशः ४०, ४७, २०, १८, ४० र २१ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ । यस गाउँपालिका– २ नं. वडामा १ जना २१ वर्षीया महिला, र ४ जना क्रमशः १८, २९, २७ र २४ वर्षीय पुरुष र सोही गाउँपालिका–४ नं. वडामा १ जना ३५ वर्षीय पुरुषमा सहित १२ जना संक्रमित भएको अवस्तालको सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यससँगगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । ती सबै सुनिलस्मृति गाउँपालिकाका रहेका छन् । उनीहरुलाई रोल्पाको सदरमुकाममा रहेको जिल्ला स्तरीय आइसोलेशनमा उपचार भइरहेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यस गाउँपालिकामा अहिले थपिएका १२ जनासहित सुनिलस्मृति गाउँपालिकामा मात्रै २९ जना कोरोना संक्रमित पुगेका छन् । रोल्पाका कोरोना संक्रमित सबै जना छिमेकी राष्ट्र भारतबाट आएको बुझिएको छ ।

You may also like