सुनछहरी गाउँपालिकाद्वारा विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र सिआइसिटी अभिमुखिकरण

सुनछहरी गाउँपालिकाद्वारा विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र सिआइसिटी अभिमुखिकरण
जुनिश कुमार विष्ट
माघ १३ गते (पोबाङ) रोल्पा

This image has an empty alt attribute; its file name is j2-1.jpg


रोल्पा, सुनछहरी गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सबै विद्यालयमा सिआइसिटी (ऋक्ष्ऋत्) सम्बन्धि सचेतनामुलक तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम आज पोबाङमा सम्पन्न भएको भएको छ ।
यस गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले देवि मन्दिर माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । यो कार्यक्रम यस महिनाको ७ गतेदेखि जनता माध्यमिक विद्यालय गामबाट गाउँपालिकाले शुरुवात गरेको थियो । माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने सबै छात्रछात्राहरुलाई गाउँपालिकाको कार्यक्रम अनुसार कोरोना भाइरसको लक्षणहरु, भाइरसबाट बच्ने उपायहरुको बारेमा सहजिकरण पोबाङ स्वास्थ्य चौकीमा कार्यरत स्टाफ नर्स बिनिता कंवर र बसन्ती महराले गर्नुभएको थियो । सरसफाइ सम्बन्धि हात धुने र मास्क लगाउने तरिका अभ्यास सहित पोबाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी देउमा पुनमगरले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सिआइसिटी (ऋक्ष्ऋत्) सम्बन्धि अन्य जानकारी पोबाङ स्वास्थ्य चौकीका इञ्चार्ज जनक गिरीले विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is j1.jpg

उक्त कार्यक्रममा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गाउँपालिकाले गरेको हो । सामाग्रीहरुमा सर्जिकल मास्क, विद्यार्थीका लागि गार्मेन्ट, स्यानिटाइजर, ग्लोभ्स, हात धुने साबुन रहेका छन् । माध्यमिक विद्यालयमा सचेतना मुलक सामाग्रीहरु फ्लेक्स प्रिन्टरमा कोभिड–१९ का लक्षणहरु, महामारी जनस्वास्थ्य मापदण्ड–२०७७ र साबुन पानीले हातधुने ६ चरणहरु समेत वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सामाजिक विकास शाखाका प्रमुख अधिकृत बलराम पौडेलले गर्नुभएको थियो ।

You may also like