गजुलमा कोरोना संक्रमितहरुलाई वडा पालिकाले पौष्टिक आहार प्रदान


दिपक विश्वकर्मा
२५ रोल्पा

वितरणमा सहभागी नागरिकहरुका लागी

रोल्पा । सुनिल स्मृति गाउँपालिका वार्ड नं ६ मा कोरोना भाइरस कोभिड १९ लाई पहिलो चरणको एन्टिजेन्त प्रबिधिद्वारा परिक्षणगर्दा २४ जनामा पोजेटिभ देखिएपछि संक्रमण पुष्टि भएको हुन् । ती संक्रमितहरुलाई वडा पालिकाहरुले पौष्टिक आहार प्रदान गरेको थियो ।
आज गजुलको वडा कार्यालयमा गरिएको परिक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको थियो आजसम्म ६ नं वडामा जम्मा संक्रमित संख्या ४९ रहेको छ भने तिनजना संक्रमितहरुको मृत्यु निधन भएको छ । मृत्यु हुनेमा पानीपोखरा टोलबाट २ जना छन् भने १ जना दलंगा टोलबाट मृत्यु भएको छ ।
त्यसैगरी आज १० दिनपछी वडा कार्यालयले संक्रमित प्रतिब्यक्टी पोष्टिक आहार स्वरुप १ किलो हर्लिस, एक क्यारेट अन्डा, एक बोत्तल हेन्ड सेनिटाइजर, १५ पिस मास्क लगायतका सामाग्रीहरु वडा अध्यक्ष अर्जुन सुवेदीद्वारा ऐतिहाशिक गजुलकोट दरवारको प्राङ्गणमा बितरण गरिएको छ ।
कोरोनाको संक्रमणबाट विजय प्राप्त गर्नका लागि पहिलो कुरा मनोल भएकोले उच्च मनोवलका साथ लड्नका लागि सबैलाई आग्रह अध्यक्ष सुबेदीले आफ्नो नागरिकहरुको स्वास्थ्य सुरुक्षाको लागि सधै तमतयार रहेको रोल्पा समाचार अनलाईलाई जानकारी गराएको दिनुभएको छ । वडा अध्यक्षले होम आइशोलेशनमा अनुशासनका साथ बस्नका लागि अनुरोध गर्दै मानवीय क्रियाकलापबाट नै मानवीय रुपमा क्षति हुने भन्दै सबैले स्वास्थ्यका मापदण्ड पालना गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।

You may also like