नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) माडी गाउँपालिका कमिटी रोल्पाको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) माडी गाउँपालिका कमिटी रोल्पाको बैठक सम्पन्न
साउन ६ गते
लिबाङ रोल्पा


नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) माडी गाउँपालिका कमिटी रोल्पाको बैठक आज घर्तिगाउँमा सम्पन्न भएको छ । बैठकमा पार्टीको भूमिका सहित अन्य महत्वपूर्ण विषयहरुमा निर्णयहरु पारित भएको छन् ।
यस बैठकको प्रमुख नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, जिल्ला पार्टी सचिब हरि प्रसाद घर्ती, प्रदेश कमिटी सदस्य हरिसरा घर्ती सहितको आतिथ्यता थियो । गाउँपालिका कमिटी अध्यक्ष अमरसिङ बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न बैठकमा सरकार र पार्टी बीचको समन्वय अझ बलियो बनाउँदै लैजाने र संगठनहरुलाई चुस्त दुरुस्त बनाउदै लैजाने निर्णय भएको छ । यस बैठकमा गाउँपालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्षको उपस्थिति थियो ।

You may also like