लैङ्गिक हिंसा विरुद्धको अभियानकाे अवसरमा विपन्न ३० किशोरीलाई छात्रावृति

लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा विपन्न ३० किशोरीलाई छात्रावृति
मंसिर १२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is r1-1.jpg

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले आज विपन्न ३० किशोरीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । छात्रावृत्तिले ति छात्राहरुलाई अध्ययनमा थप सहयोग पुग्ने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एवम् रोल्पा नगरपालिका उप प्रमुख मन कुमारी पुनले ति विपन्न छात्राहरुलाई प्रतिव्यक्ति रु १० हजारका दरले तीन लाख रकम छात्रवृत्ति प्रदान गर्नुभएके थियो । छात्रवृत्ति रकमलाई सदुपयोग गरेर आफ्नो भविष्य निर्माणमा खर्चिन उहाँले सुझाव दिनुभयो । विपन्न छात्राहरुलाई यस छात्रवृत्तिबाट अध्ययनका साथै हिंसा पीडित किशोरीको आर्थिक आधार निर्माणका लागि सहयोग पुग्ने उहाँले बाउनुभयो । नेपाल रेडक्रस रोल्पा शाखाको कार्य क्षेत्र सुनिलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिकाका ३० विपन्न किशोरीलाई छात्रवृत्ति वितरण प्रदान गरिएको हो । अभिभावकविहीन तथा विभिन्न हिंसामा परेका किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको रोल्पा शाखा सभापति डी.वी. घर्तीले बताउनुभयो । विगत तीन वर्षदेखि यु.एन.एफ.पिए.सँगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । छात्रवृत्तिकै कारण विपन्न छात्राहरुको किशोरीहरूको अध्ययन र आर्थिक अवस्थामा केही सुधार भएको हुँदा निरन्तरता दिएको उहाँको भनाइ छ । रोल्पा शाखा सभापति डि.वी. घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like