व्यापारीको ठग प्रविधि बढ्दै

व्यापारीको ठग प्रविधि बढ्दै

This image has an empty alt attribute; its file name is s1-1-954x1024.jpg

भुवन के.सी.
गंगादेव गाउँपालिका–६ राँक रोल्पा ।।

हिजो आज बजारहरुमा सामान तथा सेवाहरुको मूल्य निरन्तर रूपमा वृद्धि भइरहेको छ । तपाई हामी सबैलाई थाहा छ, व्यापार र व्यापारीको अर्थ के ? व्यापारको अर्थ के नाफा कमाएर धनी बन्नु मात्रै हो ? हाम्रो नेपालमा यस्ता धेरै व्यापारीहरु छन् । जो नाफा कमाउनलाई मात्रै व्यापार गरिरहेका छन् । व्यापारिहरुको उद्वेश्य भनेकै नाफा कमाउनु छ । यस्तोभन्दा कतिपय कम नाफा कमाई सेवामुखी व्यापारीहरुको मन दुख्न सक्छ । तर, हाम्रो नेपालमा धेरै व्यापारीहरुको व्यवहार देखेर कहिले काही वाकदिक लाग्छ । बजारमा केहि सामान किन्नु पर्ने भयो भने कम्तिमा दश पसल धाउनुपर्ने हाम्रो बाध्यता छ । दश पसल नछिरिकन हाम्रो मन ढुक्क हँुदैन किनभने भने एउटै क्षेत्रमा सीमित बजारमा पनि सामान तथा सेवाहरुको मूल्य फरक÷फरक छ । मूल्यमा एक रूपता छैन । उपभोक्ता ढुक्क भएर कुनै पनि सामान खरिद गर्ने सक्ने स्थिति सिर्जना हुन सकेको छैन । एउटै सामानको मूल्य फरक÷फरक छ । एउटा स्थान र क्षेत्रमा सीमित भएको बजारमा सामान तथा सेवाको मूल्यमा एक रूपता हुनुपर्ने होइन र ? यो प्रश्न मनमा उब्जिन्छ । उपभोक्ता अर्थात हामीलाई ढुक्क भएर सामान खरिद गर्न सक्ने वातावरण सिर्जना भएको भए म जस्तै धेरै उपभोक्ताको मन दुख्दैन थियो होला ! वातावरण सिर्जना गर्ने कर्तव्य कसको ? सम्बन्धि निकाय छ कि छैन होला ? बजार अनुगमन गर्न र मूल्यमा एक रूपता ल्याउने जिम्मा कसको हो ? किन उपभोक्ताहरु मार्मा पर्दैछन् यसरी व्यापारीहरुबाट । यी प्रश्नहरुले मनमा बारम्बार घोचिरहन्छ । आज भोलि झन कोरोना भाइरसले गर्दा होला बजारमा सामान तथा सेवाहरुको मूल्य चर्किएको छ । तिमिलाई सायद खासै फरक नपर्ला किनभने तिमिहरुले त कमाएका छौं महाराज एक पटक बजारमा सामान तथा सेवाको मूल्य कति छ ? भनेर गरिबका कारण छाक टार्न मुस्किल परेका गरिबका भान्सामा सोध ? भाडा तिरेर शहर बजारमा पढन छिरेका गरिब बाआमाका सन्तानहरुलाई सोध ? वर्षको एक पटक एक सरो लुगा फेर्नेहरुलाई सोध ? खोला, किनारमा छाप्रो बनाएर बसेका ती दीन दोखिहरुलाई सोध ? दिनभर गिट्टी कुट्ने साझ बिहान एक छाक खानेहरुलाई सोध ? अनि त्यसपछि आफुभित्र मानवताको धर्म छ कि छैन ? आफैले आफैलाई सोध । अनी गरिबको भान्सामा पाक्ने र तिम्रो भान्सामा पाक्ने परिकारको तुलना गर । गरिबले किन्न सक्ने गरि सामान तथा सेवाहरुको मूल्य निर्धारण गर । नत्र भने गरिब परिवारहरुले किन्न मेल गर्ने छुट्टै खालको पसल खोल । त्यसपछि गरिब तिम्रो पसलमा पस्दैन तिमि धनी मानीले जेसुकै गर । तिमिभित्र मानवता र मानवीय धर्म छ भने गरिबको भान्सामा पाक्ने र तिम्रो भान्सामा पाक्ने परिकार छुटाउ । उसले खाने परिकार हेर । उसले दिनभर गर्ने शारीरिक परिश्रमलाई बुझ । महोद्य तिमिहरुलाई त गफ गर्न र भाषा मिलाउन सजिलो छ । यो पटक हाम्रो समानको मूल्य वृद्धि भएर आएको छ यही होइन र महोद्य तिम्रो भाषा तिमिले यति भने पुग्छ । बिचारा गरिबलाई तिम्रो यति भाषन सुन्न दिनभरि परिश्रम गर्नुपर्छ । कति फरक छ महाराज तिमिहरुलाई केहि थाहा छ ? तिमिलाई यो थाहा छ कि नाफा कसरी हुन्छ । हामीले जति सक्यो लुट्नु पर्छ । यो थाहा छैन कि गरिबले कसरी पैसा कमाउँछ ? तिमिलाई त जति सक्यो लुट्न पाए हुन्छ, अरुलाई ठग्न पाए पुग्छ । त्यसैले त हाम्रो नेपालमा जसले जे गरेनी छुट छ । ‘पशुपति शर्माले त्यसै भनेका होइन लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै छ छुट’ यो गीतले नेपालका सबै क्षेत्रहरुमा हुने गतिविधिलाई समेटेको छ । अझ भन्ने हो भने स्वास्थ्य क्षेत्रमा कति बेत्तेती छ । सञ्चो हुनको लागि मान्छेले जत्तिसुकै मागेनी दिन्छ । नहुने बिचारा घरबार बिहिन भएको छ । अस्पतालको बेडमा छट्पटी गर्दै कराएको छ । गरिबलाई सबै क्षेत्रमा गाह्रो छ । यो वर्ष झन कोरोना भाइरस अर्थात कोभिड १९ ले गर्दा कतिको घरभित्र भोक छ, घर बाहिर जाने हो भने रोग लाग्छ कि भन्ने डर छ । कसको घरमा के छ कसैले हेरेको छ ? गरिबको घरमा भोकमारी परेको छ ? कहिल्यै यो बारेमा कसैले अनुगमन गरेको छ । मलाई यो बुझ्न् मन छ । स्थानीय जनप्रतिनिधिहरुको काम के रहेछ ? बजार अनुगमन गर्ने निकाय कहाँ छ र के काम गर्छ ? खास बजारमा मूल्य वृद्धि के कारणले दिनप्रति दिन भइरहेको छ । यस्तै मूल्य वृद्धि भइरह्यो भने त सायद गरिब दीन दुःखीहरुलाई निकै चुनौती छ । यसलाई कम गर्ने कुनै उपाय छ ? उत्पादित उद्योग धन्दाहरु जति देश बाहिर छ । नेपाली युवा जनशक्तिहरु जति विदेशी भूमिमा छ । बिचरा हाम्रो नेपालमा भ्रष्टाचारै भ्रष्टाचार छ । अनि कहाँबाट देशमा विकास हुन्छ । गाउँगाउँमा सिहंदरबार बनाउछौ भन्ने सिंहहरुको भ्रष्टाचार गर्न नपाएर आफ्नै आन्तरिक कलह र द्वन्द्व छ । गरिबका दिन कहिले आउला । समानता कहिले होला र झन बजार मूल्यमा एक रूपता ।

You may also like