त्रिवेणी गाउँपालिका अध्यक्ष वलिद्वारा ५ नं. वडाको नव निर्मित ट्रस भवनको उद्घाटन

त्रिवेणी गाउँपालिका अध्यक्ष वलिद्वारा ५ नं. वडाको नव निर्मित ट्रस भवनको उद्घाटन
मंसिर १९ गते
जुगाँर–रोल्पा


This image has an empty alt attribute; its file name is p1-1024x498.jpg

रोल्पा, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीद्वारा ५ नं. वडाको नव निर्मित ट्रस भवन उद्घाटन गर्नुभएको छ । वडा कार्यालयलाई अब सेवा प्रवाहमा सहज हुने भएको छ ।
उहाँले नव निर्मित वडा कार्यालयको भवन निर्माणपछि सेवा प्रवाह र सेवा ग्राहीलाई सहज हुने बताउनुभयो । जन प्रतिनिधि वा कर्मचारीले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने जोड उहाँले दिनुभयो । साथै ६ नं. वडा अध्यक्ष लेखमणी डाँगीले पनि कुनै काम सहज रुपमा गर्नको लागि भौतिक सँरचना अति आवश्यक बताउनुभयो । उहाँले यस वडाको नव निर्मित भवनकोले वडा कार्यालयलाई सेवा प्रवाह र सेवा ग्राहीलाई सहजता बन्ने विश्वास व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is p2-1-1024x498.jpg

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर डाँगीले धेरै समय अन्तरालमा ५ नं. वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा खुसी व्यक्त गर्दै जग्गा दान गर्नै जग्गा दाताहरुलाई धन्यवाद व्यक्ति गर्नुभयो । कार्यक्रममा उद्घाटन कार्यक्रममा प्रशासन अधिकृत हेमराज उपाध्याय, लेखा अधिकृत सुदिप सिग्देल, सूचना अधिकृत भरत डि.सी, वडा सदस्य जातिराम घर्ती, वडा सदस्य जीत बहादुर के.सी. जनप्रतिनिधि, राजनीतिक दलको प्रमुख तथा प्रतिनिधि, जग्गा दाता, समाज सेवी, नागरिक समाज, स्थानीय व्यापारीहरुको उपस्थिति थियो । यस वडा कार्यालयले भाडामा कार्यालय लिएर सेवा प्रदान गरिरहेको थियोे । अहिले आफनै कार्यालयबाट सेवा प्रवाह गरेको छ । रु २५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको वडा सचिव हिरा वलीले जानकारी दिनुभयो । वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गरेपछि सेवा ग्राही खुसी भएको गाउँपालिका प्रेस संयोजक प्रतिज्ञा बुढामगरले जानकारी दिनुभयो ।

You may also like