पत्रकार महासंघ लुम्विनी प्रदेशका निवर्तमान अध्यक्ष रोकालाई थप उपचारको लागि काठमाण्डौँ लगिदै


रोल्पा समाचारदाता
१४ जेठ लिबाङ


कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष एवं प्रेस संगठन नेपाल केन्द्रीय कार्यालय सदस्य मौसम रोकालाई पनि कोरोना संक्रमण भएको छ । रोका थबाङ गाउँपालिकाको आइसोलेशनमा भर्ना भई उपचारत रोकालाई थप उपचारको लागि काठमाण्डौ लगिएको हो ।
उहाँलाई कोरोना संक्रमित भएपछि आफ्नो गाउँपालिकाको आइसोलेशनमै उपचार गराउनु पर्ने मनसायको साथमा त्यही भर्ना भएको भए पनि त्यहाँका स्वास्थ्यकर्मीहरुको निरन्तर प्रयास गर्दा पनि खोकीमा सुधार नआएपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको हो । गाउँपालिका स्वास्थ्य संयोजक तुलबहादुर घर्तीमगरले निकै ध्यानपूवर्वक गरेर उपचार गर्दा पनि खोकीमा सुधार नआएकोले छातीमा फेरी समस्या हुन सक्ने भन्दै पठाइएको बताउनुभयो ।
उहाँलाई विहीबार नै हेलीबाट उपचारका लागि कााठमाण्डौ लग्ने पनि लागातार वर्षा भइरहेकोले मौसम खरावीले आउन सकेन । शुक्रबार बिहानसम्म पनि मौसम अनुकुल नभएपछि एम्बुलेन्सबाट काठमाण्डौँ लगिएको हो । उहाँलाई आज दिउसो थबाङ ढोरपाटनको बाटोबाट काठमाण्डौँ लगिएको एवं थबाङ गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले बताउनुभयो ।
मौसम रोकालाई आज साझसम्म रोकालाई भोली विहानमात्रै काठमाण्डौ पु¥याइने मेरीसेटीमा भर्ना गर्ने उहाँको पारिवारिक श्रोतले बताएको छ ।

You may also like