सैद्वान्तिकसँगै व्यावहारिक शिक्षा आजको आवश्यकता

मानव जातिमा सैपुर्ण बहादुर भण्डारी
हाल जिल्ला प्रहरी कार्यालय रोल्पा ।।।
द्वान्तिक पक्षभन्दा व्यावहारिक पक्षलाई निकै महत्वपूर्ण मानिन्छ । हिजोको त्यो प्राचीन समयको मानव जातिमा होस् वा आजको एक्काइसौं सताब्दिका परिवर्तनको मोडमा हिडिरहेको त्यही मानव जाती होस् थोरै भएपनी सैद्वान्तिकभन्दा व्यवहारिक पक्षलाई नै अंगालेको विगतको त्यही इतिहासबाट बुझ्न सकिन्छ । आजका हामी युबाहरु परिवर्तनका खुब गहकिला कुराहरु गर्छौ कि घण्टौसम्म पनि सुनिरहन मन लाग्छ । अनि निकै आदर्शवादी कुराहरु गर्छौ दर्शक सबैलाई लठ्ठ पार्छौ । तर, व्यवहारमा एक सिन्को पनि भाँचेको देखिदैन । समय र अवस्था अनुसार परिवर्तन हुन सकिरहेका छैनांै । मानव सभ्यताको विकास क्रमसँगै आजको युगसम्म आइपुग्दा सैद्वान्तिक रुपमा जति सफलताको नजिक पुग्न कोसिस गरिरहेका छौं त्यति नजिक व्यवहारिक रुपमा पुग्न सकेका छैनांै यो यथार्थ कुरा होभन्दा खासै फरक नपर्ला ।
परिवर्तनको सम्बाहक अर्थात त्यही देश त्यही समाजकाले मेरुदण्डको रुपमा मानिने युवा जनशक्तिहरुबाट नै समय अनुकुल आफू र समाजलाई निर्धक्क भएर सही बाटोमा डो¥याउन सक्ने त्यही क्षमतावान प्रतिभाहरु खोजिरहेको हुन्छ । चाहे प्रत्यक्ष होस् वा अप्रत्यक्ष रुपमा होस् जुन कुनै रुपमा पनि समाजले हामी जस्तै ? युवाहरुबाट ठूलो आसा अनि भरोसा राखिरहेको हुन्छ । हो, समाजप्रतिको त्यही आसा भरोसा अनि अपेक्षा पूरा गर्न सैद्वान्तिक पक्षलाई बलियो खम्बाको रुपमा सम्झेर व्यावहारिक बन्न सक्नुपर्ने त्यो अवस्था हाम्रो सामु अहिले चुनौती बन्दै आइरहेको छ । त्यसकारण पनि व्यावहारिक शिक्षा अब को युगमा निकै महत्वपूर्ण मानिएको देखिन्छ । विकास र परिवर्तनसँगै राज्यले आफूसँग भएको सीमित स्रोत र साधनहरुका बाफजुत पनि युवा जनशक्तिहरुमा नयाँ जोस् जाँगरसँगै उत्साहजनक सहभागिता होस् भनेरै समय सापेक्ष युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याउने गरेको कुरा सबैलाई थाहा नै छ । खाडी मुलुकहरुमा एउटा पानीको बोतलसँग बीसांै घण्टासम्म काम गर्न तयार रहने । तर, आफ्नो देशमा एक घण्टा खटिएर केही परिणाम पनि दिन नसक्ने हामी जस्तै युवाहरुमा सैद्वान्तिकले मात्र केही गर्न सकिँदैन रहेछ भन्ने कुरा सत्य सावित गरिदिएको छ । हाम्रो देशमा हामी योग्य भयौं । तर, दक्ष हुन सकिरहेका छैनौं ।

विकसित देशहरुका युवा जनशक्तिहरु एक step बाट अर्को step मा पुगेका र फड्को मारेका कुरा गर्ने । तर, आफु जहाँको त्यही बसिरहने संस्कार हामी युवाहरुमा हुनु नयाँ नौलो कुरा हो जस्तो पनि लाग्दैन यही हो हाम्रो सबैभन्दा ठूलो कमजोरी । अलि अलि भएको घरखेत सम्पत्तिको समेत कुनै प्रवाह नगरी डिग्री तहसम्म पुग्दा हाम्रो हैसियत नाजुक बनिसकेको अवस्थामा पुगेकै हुन्छ । तर, हामीले बाह्य रुपमा भन्न सकिरहेका हुँदैनौ किन कि भित्रि रुपमा आत्मग्लानी भइरहेकै हुन्छ । भन्न मात्र सकिएको हुँदैन र महशुस गर्छौ कि हामीले लगभग जीवनको आधा समय पार गर्दा पनि सिकेको सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञानसँग निकै पछाडि परिरहेका छौं । अर्थात एक तिहाई मात्रको त्यो ज्ञान तैपनी बल्लतल्ल लागू भएको देखिन्छ । आफुलाई औठा छाप लगाउन पनि अर्काको सहारा चाहिने अवस्थाका ती वृद्ध बाबुआमा जस्ले आफ्ना सन्तानको भविष्यका लागि आफुसँग भएको चल अचल सम्पत्ति बेचेर डिग्री तहसम्म पु¥याउछन् । तर, दुर्भाग्य भनौं कि अरु केही भनांै ! यहाँ कुनै शब्द भेटिदैन अनि निकै दुःख लाग्छ थुक्क हामीले सिकेको शिक्षा अनि प्राप्त गरेको ज्ञान ।
गाउँघर समाजमा सानो तिनो समस्या आई प¥यो भने न समाधानको बाटो खोज्न सक्छौ न आँटिलो भएर बोल्न सक्छौ न कुनै स्पष्ट निर्णय लिन सक्छौ ! निशब्द भएर बसि रहँदा कति खल्लो बनिरहएका हुन्छांै हामी ! खोइ हामीले सिकेको त्यो व्यावहारिक शिक्षा ! कुनै सरोकारवाला निकाय, संघ संस्था वा कार्यालय समक्ष कामकाजको शिलशिलामा आफ्नै समस्याले भौतारिएर हिडिरहेका हुन्छौ । त्यही डिग्री तह कै रवाफ, अहमता र घमण्ड देखाइ रहेका हुन्छांै । एउटा त्यही कार्यालय वा संस्थालाई संबोधन गरेर आफ्ना समस्याहरु उल्लेख गर्दै गतिलो त के काम चलाउ मात्रैको निवेदन पनि ढ्ङ्ग पु¥याएर आधिकारिक ठाउँमा पेश गर्न सक्दैनांै ! यो जस्तो दुःखद कुरा अरु के हुन्छ होला ! के यही हो हामीले सिकेको शिक्षा अनि ज्ञान ? संस्कार हैराई सक्यो मान, सम्मान, आदर सत्कार बोली व्यवहार पनि कति रुखो पन देखिन्छ भोलीको समाजलाई रूपान्तरण गर्ने आजका हामी युवाहरुमा ।
यही कमजोरीको कारणले हो हाम्रो जीवनलाई व्यावहारिक बनाउन नसक्नु । कुनै बेलाको समय, परिस्थिति, बाध्यता र साधन स्रोतको अभावले गर्दा हामीले लिने गरेको शिक्षा समय सान्दर्भिक बन्न नसक्ला वा नसकेको होला, कमसेकम सैद्वान्तिक रुपमा सिकेका कुराहरूलाई समय सान्दर्भिक बनाउँदै लैजानका लागि हामीले पनि त चाँसो जिज्ञासा प्रयासको त खोजी गर्न सक्छौं नि । त्यसो गरेको पाइदैन । खोइ कता गयो त्यो व्यावहारिकको कुरा ? अब दोष कस्लाई दिने ? प्रश्न कस्लाई गर्ने ? जवाफ कसरी दिने ? सर्टिफिकेट झोला बाकस वा खल्तीमा !! कता हुन्छ राख्नु बाहेकको विकल्प अरु के होला र ? जीवनको उत्तरार्ध पुगी सक्दा पनि अझै चिन्तन मनन गर्ने वृद्ध अवस्थाका ती बाबुआमाले देख्ने गरेको सपना पूरा गर्छौ भन्ने त दिवा सपना मात्रै होलाभन्दा पनि कति नै फरक पर्ला र ! अहमता र घमण्डीपनको यो व्यावहारले अरु कसैलाई होईन हामी आफैलाई पछाडितिर धकेली रहेको हुन्छ ।

जबसम्म जीवनलाई सभ्य व्यावहारिक बनाउन सक्दैनौं तबसम्म हाम्रो व्यावसायिकताप्रति व्यावहारिक शिक्षाको खल्लोपन महशुस भैरहनेछ । हुन त आफ्नै बाध्यता विवशताहरु होलान्, हुन्छन् पनि त्यो आफ्नो ठाउँमा छ । तर, सुकिलो, मुकिलो, चिल्लो टिपटप भएर जागिर जवानी मात्रै ठूलो सोच्नु आजका हामी युवाहरुको साँघुरो सोचाईले गर्दा हो आज बीसौ घण्टा खाडी मुलुकहरुमा ५० डिग्रीको तापक्रममा पसिनासँग परिचय गर्नु परिरहेको छ । राज्यलाई मात्र दोष दिने आफूसँग भएको क्षमतालाई प्रयोग गर्न नसक्ने, कुनै उपायको खोजी नगर्ने हामी युवाहरुमा सैद्वान्तिकभन्दा व्यावहारिक पक्ष सबल बलियो हुन सके मात्र हाम्रो व्यावसायिक जीवन सार्थक बन्न सक्छ । पक्कै पनि हामी बसिरहेको हुर्किरहेको यही समाज, यही माटो अनि यही परिवेशले हामी जस्तै युवाहरुको दरिलो साथ सहयोग, स्वच्छ बिचार एवम् सृजनशिल हातहरुसँगै माथि उठ्न अनि उठाउन खोजिरहेको छ । मानव सभ्यताको आधुनिक विकासक्रम सँगसँगै अगाडि बढ्न हामीले सिकेको सैद्वान्तिक पक्षलाई आधार मान्दै व्यावहारिक पक्षलाई उच्च प्राथमिकतामा राख्नु आजका हामी युवाहरुको प्रमुख कर्तव्यसँगै दायित्व हो भन्ने सम्झिएर अगाडी बढ्न सक्नु आजको समयको माग हो ।