बाल संरक्षण नीति निर्माण सम्बन्धि सुलिचौरमा कार्यशाला गोष्ठी

बाल संरक्षण नीति निर्माण सम्बन्धि सुलिचौरमा कार्यशाला गोष्ठी


This image has an empty alt attribute; its file name is t1.jpg

भरत नेपाली
१ असोज, सुलिचौर ।
बाल संरक्षण नीति निर्माण सम्बन्धि कार्यशाला गोष्ठी आज सुलिचौरमा सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठिमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बालबालिकाहरुको हरेक पक्षको विकासको लागि बाल संरक्षण नीति बनाएको बताउनुभयो । नीती बनाउने कुरा ठूलो नभई उहाँले प्रभावकारी कार्यन्वयनका जोड दिँदै प्रभावकारीक कार्यन्वयनमा अनुरोध गर्नुभयो । साथै कार्यशालामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले हामी सबै जना बालबालिका भएर नै यहाँसम्म आएको बताउनुभयो । बालबालिकाको विषयमा आफूले गम्भीर भएर बाल संरक्षण नीतिको बालबालिकाको अधिकारहरू सुरक्षित हुने उहाँको धारणा व्यक्त गर्नुभयो । बालबालिको इच्छा चाहना विपतिर अभिभावकले सोच्नाले अभिभावक र बाललबालिका बीच दुरी बढेको उहाँले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is t2.jpg

त्यस्तैगरी गोष्ठीमा सम्पूर्ण वडा अध्यक्षकोतर्फ १ नं. वडा वडा अध्यक्ष केशवलाल कँवरले गाउँपालिको निर्देशनअनुसार वडालेहरुले कार्यक्रमगर्दै आएको धारणा व्यक्त गर्नुभयो । उहाँले नीति बनाउने मात्र नर्भइ त्यसको कार्यन्वयनलाई प्राथमिकता दिनुपर्ने जोड दिनुभयो । कार्यक्रममा ज्योतिप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलराज भट्टराई, चन्द्रप्रभा माध्यमिक विद्यालयका विद्यार्थी नम्रता विष्ट, सुर्यद्य माध्यमिक विद्यालय विद्ययार्थी सुदन बि.क.ले बालबालिकाहरुको सहभागितामा निर्माण गर्न लागिएको बाल संरक्षण नीति प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
गाउँँपालिकाले विगतका वर्षहरुमा वार्षिक कार्यक्रमको माध्यमबाट बालबालिकाहरुको कार्यक्रम गर्दै आएको त्यसलाई थप प्रभावकारी गर्न नितीको आवश्यक परेकाले बाल संरक्षण नीति निर्माण गरेको गाउँपालिकाले बताएको छ । पहिलो चरणको कार्यशाला गोष्ठी गरी सहजकर्ता पार्वता आचार्यलाई नीतिको खाका निमार्ण गर्न जिम्मादिएको थियो । निमार्ण भएको नीतिको अन्तिम खाकाको आज समिक्षा कार्यपालिकामा पेश गरिएको हो । गोष्ठमा जनप्रतिनिधि, बालअधिकारकर्मी, बालबालिका, शिक्षक गरी ३५ जनाको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चाल महिला तथा बालबालिका शाखा प्रमुख भगवती बुढामगरले गर्नुभएको थियो ।

You may also like