एक महिने स्तरउन्नती सिलाईकटाई तालिमको उद्घाटन

एक महिने स्तरउन्नती सिलाईकटाई तालिमको उद्घाटन

This image has an empty alt attribute; its file name is g1-1024x768.jpg


२२ मंसिर, लिबाङ–रोल्पा
सिलाईकटाई व्यवसायीहरुका लागि स्तरोन्नतका लागि एक महिने सिलाईकटाई तालिमको आज लिबाङमा सम्पन्न भएको छ ।


कार्यक्रमको प्रमुख जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले सिलाईकटाई व्यवसायीबाट आम्दानीको स्रोत बनाएका व्यवसायीहरुलाई दीर्घकालीन व्यवसायी सञ्चालनमा तालिमले महत्वपूर्ण योगदान हुने बताउनुभयो । एक महिनाको समयवधिमा सहभागी प्रशिक्षार्थीहरुलाई सक्रिय सहभागी भई सिकेका सीपहरुलाई व्यवहारमा लागू गर्नका लागि उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,‘पछिल्लो समयमा युवायवतीहरुको रोजाईको पेशा सिलाईकटाई भएको छ । सिलाईकटाई व्यवसायीबाट दैनिक आम्दानीको स्रोत बनेको छ । यो व्यवसायी न्यून लगानीमा पनि सञ्चालन गर्न सकिन्छ । घरेलु तथा साना उद्योगीहरुलाई व्यवसायीकरणका लागि आर्थिक तथा सीपहरू सरकारी तथा गैर सरकारी निकायहरुले प्रदान गर्दै आएका छन् । आगामी दिनमा पनि सिलाईकटाई व्यवसायीलाई दीर्घकालीनको निम्ति समयको माग अनुसार परिवर्तन गर्न जरुरी छ । धेरै व्यवसायीहरुले परम्परागत शैलिमा सिलाईकटाई सञ्चालन गर्दा पेशा नै परिर्वतन गर्न बाध्य भएका छन् । स्वयम व्यवसायीले पनि आफ्नो व्यवसायीलाई दीर्घकालीन बनाउन आवश्यक छ ।’

न्यून लगानीमा सिलाईकटाई सञ्चालन गर्न सकिने भएकोले विगतदेखि नै सरकारी तथा गैर सरकारी निकायहरुले आधारभूत तथा स्तरउन्नतीको तालिमले व्यवसायीकरणमा सहयोग पुगेको उहाँको भनाइ छ । साथै विशिष्ट अतिथि नेपाल कपडा तथा सिलाईकटाई व्यवसायी संघ रोल्पा जिल्ला अध्यक्ष महाराम परियार, प्रमुख प्रशिक्षक मन बहादुर नेपाली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका प्रतिनिधि खुम बहादुर सुनार लगायतको आतिथ्यता थियो ।

तालिममा २० जनालाई स्तरउन्नतीको तालिम प्रदान गरिरहेको आयोजकले बताएको छ । आजबाट सुरुवात भएको उक्त तालिम पौषको २० गतेसम्म सञ्चालन हुँदै छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका उद्योग अधिकृत तिलकराम वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम विष्टले गर्नुभएको थियो भने स्वागत तिकाराम घर्तीमगरले गर्नुभएको थियो ।

You may also like