बम विस्पोटन मृतकका परिवारले न्याय नपाएको भन्दै संघर्ष समितिद्वारा चरणबद्ध आन्दोलन

 

रोल्पा समाचार, जेठ २६ रोल्पा लिबाङ


रोल्पा त्रिबेणी गाउँपालिका ७ मा बम विस्फोटमा परि मृत्यु भएका ४ बालबालिकाका पीडित परिवारलाई उचित न्यायका लागि भन्दै संघर्ष समितिद्वारा संघर्षका कार्यक्रम घोषणा गरेको छ । अहिले सम्म पीडितलाई उचित न्याय नमिलेको भन्दै संघर्ष समितिका संयोजक कृष्ण कुमार नेपालीको हस्ताक्षरमा जारि ज्ञापनपत्रमा ४ बुँदे माग समेत पेश गरिएको छ ।
त्रिबेणी गाउँपालिका ७ मैतेकाटीना उर्जिखोलामा गत बैशाख १८ गते साँझ बम बिस्फोटको घटना भएको थियो । उक्त घटनामापरि १३ बर्षिय गौरव नेपाली, ५ बर्षिय बिजय खत्री, ११ बर्षिया बिमला खत्री, र १४ बर्षिय नोखिराम डाँगीको मृत्यु भएको थियो ।

त्रिबेणी गाउँपालिकालाई बुझाइएको उक्त ज्ञापनपत्रको बोधार्थमा जिल्ला प्रशासन कार्यलय लिबाङ–रोल्पा, मुख्यमन्त्रीको कार्यलय प्रदेश – ५ बुटवल, गृह मन्त्रालय सिंहदरबार, काठमान्डौलाई राखिएको छ । संघर्ष समितिद्वारा ज्ञापनपत्रमा चारै जना मृतक बालबालिकालाई बाल शहिद घोषणा, त्यसैगरी पीडित परिवारलाई अन्य शहिद परिवारले पाए सरहको सेवा सुबिधा तथा उचित क्षतिपूर्तिको माग, घटनाको सत्य तथ्यलाई छानविन गरि दोषीलाईकारबाही, साथै गाउँपालिकाको सार्बजानिक स्थलमा चारै जना मृतक बालबालिकाको फोटो सहित शहिद स्मारक निर्माणका लागि माग गरिएको छ ।
सो घटनामा स्थानीयतह, जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला समन्वय समिति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा, प्रदेश सरकार र संघीय सरकारको पहलमा प्रदेश सरकारबाट १ लाख रुपैया र संघीय सरकारबाट ५ लाख रुपैया गरी ६ लाख जनही मृतकका परिवारलाई प्रदान गरि सकेको छ ।
पीडितलाई न्याय दिलाउन मिति तोकेर संघर्षका कार्यक्रमहरु संघर्ष समितिले तय गरेको छ, जस अनुरुप जेष्ठ २५ गते ज्ञापनपत्र बुझाउने, जेष्ठ २७ गते धर्ना जुलुस गर्ने, जेष्ठ ३० गते कार्यालय तालाबन्दी गर्ने, असार ५ गते अनशन बस्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका अध्यक्ष गिता नेपालीले सरकारले १० लाख दिने निर्णय गरेपनि ६ लाखमात्रै दिएको पीडितलाई न्याय नगरेको बताउनुभयो ।

You may also like