वेपत्ता  पीडित र सरोकारवाला निकायहरुसँग आयोगको अन्तरक्रिया कार्यक्रम

 

चैत्र १ गते

लिबाङ–रोल्पा ।

सशस्त्र द्वन्द्वको समयमा राज्य वा विद्रोही पक्षबाट वेत्तपा पारिएका पीडित र सरोकारवाला निकायहरु बिच शनिबार लिबाङमा वेत्तपा पारिएका व्यक्तिको छानविन आयोग नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला न्याधिश रामेश प्रसाद ज्ञवालीले भन्नुभयो,‘वेपत्ता पारिएका व्यक्तिहरुको छानविनमा पुरानो विधिले पीडितहरुले न्याय पाउन सक्दैनन् । त्यसैले ति व्यत्तिहरुको छानविन आधुनिक बनाउनु पर्छ, जसले पीडितहरुले न्याय पाउन सक्छन् ।’ ‘संविधानमा न्यायको मात्र व्यवस्था गरेको छैन, पीडितहरुलाई क्षतिपूर्ति र परिपुरणको समेत व्यवस्थाले थप राहत महशुस हुन्छ । त्यसैले आयोगले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्दछ,’उहाँले भन्नुभयो । ‘यस आयोगले सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पाबाट तत्कालीन राज्य वा विद्रोही पक्षबाट वेपत्ता पारिएका व्यक्तिहरुको छानविन कार्यको सुरुवातिले आम पीडितहरुमा न्यायको विश्वास बढेको छ,’प्रमुख अतिथि ज्ञवालीले भन्नुभयो । उहाँले वेपत्ता पारिएका व्यक्तिहरुको छानविनको क्रममा पीडित परिवारहरुले आयोगको पदाधिकारीहरुलाई आत्म विश्वासका साथ विरवरण उल्लेख गर्नुपर्ने आश्वयकता औल्याउनुभयो ।

त्यसैगरी कार्यक्रममा आयोगको सदस्यपू विश्वप्रकाश भण्डारीले भन्नुभयो,‘तपाईहरु विश्वष्ट हुनुहोस्, यो आयोगले यो आयोगको समयवधिमा नै वेपत्ता पारिएका व्यक्तिहरुको छानविन कार्य सम्पन्न गर्छ । यो आयोगले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन कार्य सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पाबाट शुरुवात गरेको छ । तपाईहरु विश्वष्ट हुनुहोस् । यो कार्य समयमानै सकाउन तपाईहरु पीडितहरुको थप सहयोगको लागि म अनुरोध गर्छु । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन कार्यको लागि ऐनले आयोगलाई रोकेको छैन । तर, पीडित पक्षको माग अनुसार पीडकलाई अभियोजन र विशेष अदालतको व्यवस्था आयोगले छानविन कार्य नसकिदै यो ऐन संशोधन भई सक्छ ।’ आयोगको अर्का सदस्य सुनिल रञ्जन सिंहले अहिले व्यवस्था ऐनको संशोधनबाट छानविन व्यक्तिहरुको छानविन कार्य सुरुवात गर्ने हो भने ति व्यक्तिहरुको प्रमाण नष्ट हुने, पीडित परिवारहरुलाई थप पीडा बोध हुनेभएकाले ऐन संशोधन नहँुदै ति व्यक्तिहरुको छानविन कार्य सुरुवात गरेको बताउनुभयो । यस आयोगले ऐन संशोधन, पीडित परिवारलाई न्यायको निम्ति सरकारसँग विशेष पहल गर्दै छ । भने तपाईहरुको क्षेत्रमा पनि विशेष दबाबको आवश्यकता पर्ने धारणा व्यक्त गर्नुभयो । आयोगको पदाधिकारीहरुले वेपत्ता व्यक्तिहरुको छानविनको क्रममा पीडितबाट लिएका वयानहरुलाई गोप्यनीयताका साथ राख्छौं, यदी पदाधिकारी र कर्मचारीबाट सम्बेदनशिल्ताका साथ वायन लिने व्यवस्था आयोगले गरेको बताउनुभयो । पीडितको आवश्यकको आधारमा वयानको क्रममा द्वो भाषे समेतको व्यवस्था आयोगले गरेको बताउनुभयो ।

त्यसैगरी रोल्पा नगरपापिलका रोल्पाको नगर प्रमुख पूर्ण के.सी.ले भन्नुभयो,‘यस नगरपालिकालले द्वन्द्व पीडित परिवारका सन्तानहरुलाई प्राविधिक शिक्षा हासिलको लागि छात्रावृत्तिको व्यवस्था गरेको छ । पीडित परिवारहरुलाई तालिम, स्वरोजगार र जागिरको अवसरहरु प्रदान गर्दै आएको छ । यसले पक्कै पनि पीडित परिवारहरुलाई केही राहत मिलेको छ ।’ उहाँले आगामी दिनमा नगरपालिकाको नीति तथा कार्यहरुमा पनि द्वन्द्व पीडितहरु लक्षित कार्यक्रहरु तय गर्ने छ । वेपत्ता पारिएका व्यक्तिहरुको छानविनमा आएको आयोगको पदाधिकारीलाई नगरपालिकाको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोगको प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्षण ढकाल, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस पार्टी रोल्पाको प्रतिनिधि मोहन परिया, बार एशोसियशन रोल्पाको अध्यक्ष टेकम प्रसाद घर्ती, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, गैर सरकारी संस्था महासंघ रोल्पाको अध्यक्ष घनश्याम आचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. टुहुरो, पूर्व शान्ति समिति रोल्पाको संयोजक दिनेश सुवेदी, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल ५ नं. प्रदेश नेपालको संयोजक श्रीकुमारी रोकाले मतव्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालको कार्य पत्र आयोगको सदस्यहरु डाक्टर गंगाधर अधिकारी, आयोगको सचिव कृष्णजीवि घिमिरेले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्य पत्रमा विभिन्न माध्यमबाट आयोगमा दर्ता हुन आएका कुल उजुरी ३ हजार, १९७, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पाइएको उजुरी ४१४ ओटा, उजुरीकर्ताको अनुरोधमा भनी पुनः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको उजुरी १३७ ओटा,  एउटै व्यक्तिलाई वेपत्ता पारिएको भनि एकभन्दा बढि उजुरी परेकोमा एउटै गाभी काटी लगत कट्टी गरिएको उजुरी १२५, तामेलीमा राखिएको उजुरी २८९ ओटा, विस्तृत छानविन कार्य जारी रहेका उजुरीहरु २ हजार ५०६ ओटा, हाल कारवाहीयुक्त रहेका उजुरीहरु २ हजार ५०६ ओटा, उजुरीका आधारमा वेपत्ता पारिएका व्यक्ति २ हजार ५१८ जना, विस्तृत छानविन गर्न भनी अनुसन्धान अधिकारी तथा कार्य टोली तोकिएको उजुरी २ हजार १६९ ओटा, विस्तृत छानविनको प्रथम चरणको कार्य सम्पन्न भएको जिल्ला ६४ ओटा, विस्तृत अनुसन्धानको दौरान फेला परेका वेपत्ता व्यक्ति २३ जना, विस्तृत छानविन गर्न अनुसन्धान अधिकारी तोकी प्रथम चरण विस्तृत छानविन कार्य सम्पन्न भइको २ हजार ८, उजुरी कर्तासँग सम्पर्क नहुँदा विस्तृत छानविनको कार्य अन्तर्गत प्रथम चरणको कार्य गर्न नसकिएको १६१, विस्तृत छानविनको प्रथम चरणको कार्य अन्तर्गत उजुरीकर्ता बुझ्ने छानविनको प्रथम चरणको कार्य अन्तर्गत २ हजार ८, अनुसन्धान अधिकारी तथा कार्य टोलीबाट राय सहितको प्रतिवेदन आयोगमा पेश भएको २ हजार ८ प्रस्तुत गरिएको थियो । भने यस जिल्लाबाट विभिन्न माध्यमबाट आयोगमा दर्ता हुन आएका कुल उजुरी १३२ ओटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पाएको उजुरी ३२ ओटा, उजुरीकर्ताको अनुसन्धानमा भनी पुनः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाएको उजुरी ३ ओटा, तामेलीमा राखिएको उजुरी ५ ओटा, विस्तृत छानविन गर्न भनी आयोगबाट निर्णय भएका उजुरी ९८ ओटा, हाल कारबाहियुक्त रहेका उजुरी ९८ ओटा, उजुरीका आधारमा वेपत्ता पारिएका व्यक्ति ९९ जना, विस्तृत छानविन गर्न भनी अनुसन्धान अधिकारी तथा कार्य टोली तोकिएको उजुरी ९८ ओटा भएको प्रस्तुत गरिएको थियो । पीडितहरू सँग नियमित र निरन्तर रूपमा अन्तरकृया गर्ने गरेको, कानून शंसोधनको लागि लेखी पठाएको, ६४ वटा जिल्लामा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न, सत्यको खोजी भाग १ र २ प्रकाशन, ३५ वटा जिल्लामा सूचना संकलन, भिडियो कन्फरेन्स प्रणाली व्यवस्थित गरिएको, उजुरी व्यवस्थापन ट्रयाकिङ प्रणाली ब्यवस्थित गरिएको, मनोसामाजिक बिज्ञ लगायत अन्य अनुसन्धान बिज्ञको सेवा लिई आयोगको कार्यलाई थप प्रभावकारी बनाइएको जस्ता महत्वपूर्ण कार्यहरु समेत प्रस्तुत गरिएको थियो । त्यसैगरी आयोगको आगामी कार्यहरु बाकी ११ जिल्ला र यस अघि सम्पर्क हुन नसकेका उजुरकर्ता, साक्षीसँग घटनाको बारेमा जानकारी लिने, परिपूरण फाराम, एण्टीमोर्टम फाराम भर्ने, विस्तृत छानबिनको काम अन्तर्गत आरोपित व्यक्तिको बयान लिने, दोभासे वा सहजकर्ताको प्रवन्ध गर्ने, सार्वजनिक सुनुवाइ गर्नुपर्ने, पीडितको परिवारलाई परिचयपत्र उपलव्ध गराउनु पर्ने, पीडितको संख्या यकिन गरी परिपूरणको सिफारिस गर्नुपर्ने, पीडक यकिन गरी मुद्दा चलाउन लेखि पठाउने, उजुरीकर्ता, साक्षीहरूसँग नियमित सम्पर्क गर्नुपर्ने, कार्यरत जनशक्तिको क्षमता विकास गर्नुपर्ने, भविष्यमा द्वन्द्व दोहोरिन नदिनको लागि सुझाव पेश गर्नुपर्ने जस्ता महत्वपूर्ण कार्य प्रस्तुत गरिएको थियो ।

साथै प्रस्तुत कार्य पत्रमा आयोगको आगामी चुनौती तथा समस्याहरु राजनैतिक सहमति, दृढ इच्छा शक्ति, व्यक्ति बेपत्ता पार्ने कार्यलाई कसूर कायम गर्ने कानूनको अभाव, निरन्तररूपमा गरिएको बहु अपराधमा छानबिन गर्न कठीनाइ, समयावधिको सीमितता, सरोकारवालाको आयोग प्रति अविश्वास, समन्वय (पीडित, सरोकारवाला निकाय, सरकार), जनशक्ति (प्राप्ति, क्षमता विकास, स्थिरता,उत्प्रेरणा), पीडित, साक्षी र आयोगलाई सहयोग गर्ने व्यक्तिको सुरक्षा र संरक्षणको सवाल, प्रमाण फेला पार्न कठीनाइ, घटना देख्ने थाहा पाउने व्यक्ति फेला पार्न कठीन, स्थानीय स्तरमा संरचना नरहेको चुनौती तथा समस्याहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम आयोगको अध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोगको सह सचिव निराजन घिमिरेले गर्नुभएको थियो ।

You may also like