रुडास नेपालद्वारा सञ्चालित सुआहारा दोस्रो परियोजना रोल्पाले रोल्पा अस्पताल रेउघा लगायत स्थानीयतहलाई स्वास्थ्य सामाग्री हस्तातरण


रोल्पा समाचारदाता
रोल्पा १८ रोल्पा

This image has an empty alt attribute; its file name is rudsa-1024x462.jpg


रुडास नेपालद्वारा सञ्चालित सुआहारा दोस्रो परियोजना रोल्पाले रोल्पा अस्पताल रेउघा लगायत स्थानीयतहलाई स्वास्थ्य सामाग्री हस्तारण गरेको छ । कोरोना कहरलाई न्यूनिकरण गर्नका लागि मगलबार सामान हस्तारण्ण गरिएको बताउनुभयो ।
जस अन्तरगत रोल्पा अस्पताल रेउघा लाई २२ सय ५० पिस मास्क, ५ पिस पिपिइ सेट प्रदान गरेको हो । रोल्पा नगरपालिका लाई ६ हजार ६ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, र सेनिटाइजर हस्तान्तरण गरेको हो । त्यस्तै सुनिलस्मृति गाउँपालिका लाई ५ हजार १ सय पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर हस्तान्तरण गरिएको हो । यस्तै माडि गाउँपालिकामा ३ हजार ८ सय पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर, त्रिवेणि गाउँपालिकामा ४ हजार ७ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर, थबाङ गाउँपालिकामा ३ हजार ८ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर, परिवर्तण गाउँपालिकामा ४ हजार ६ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर हस्तान्तरण गरिएको सुआहारा दोस्रो परियोजना रोल्पालेरुडास नेपाल रोल्पाका अध्यक्ष विनोद रिजालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यस्तै गंगादेव गाउँपालिकामा ४ हजार ५० पिस मास्क ४ पिस पिपिइ सेट, लुग्री गाउँपालीकामा ५ हजार ५ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर, सुनछहरी गाउँपालिकामा ५ हजार १ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर, रुण्टिगढी गाउँपालिकामा ५ हजार ३ सय ५० पिस मास्क, ४ पिस पिपिइ सेट, सेनिटाइजर हस्तान्तरण गरिएको सुआहारा दोस्रो परियोजना रोल्पाका कार्यालय प्रमुख भरतप्रसाद भट्टले जानकारी दिनु भएको छ । सुआहारा दोस्रो परियोजना अन्तरगत गाउँपालिका स्तरका पोषण सहजकर्ता मार्फत उक्त स्वास्थ्य समाग्री गाउँपालीका लाई प्रदान गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिनु भयो । उक्त स्वास्थ्य समाग्री कोरोना भाइरस कोभिड १९ नियन्तरण को लागी अग्र पंक्तिमा खटिने स्वास्थ्यकर्मि, कर्मचारी, जनप्रतिनिधि लगाएत लाई प्रयोग गर्नको लागी सहयोग गरिएको जनाइएको छ ।

You may also like