जंकोटको विभिन्न टोलका बाढिपहिरो पीडित राहत संकलन

जंकोटको विभिन्न टोलका बाढिपहिरो पीडित राहत उपलब्ध
सर्मिला बि.क.
ससाेज ३ गते (लिबाङ)रोल्पा


This image has an empty alt attribute; its file name is s2.jpg

रोल्पा नगरपालिका–८ जंकोटको विभिन्न टोलका बाढिपहिरो पीडितका लागि राहत संकलन संस्थागत तथा व्यक्तिगत रुपमा उपलब्ध हुने क्रम जारी छ । विभिन्न सहयोगी निकायहरुको राहतबाट नै पहिरो पीडितको दैनिक जीवनयापनमा थप सहयोग पुगेको छ ।
यस ठाउँको पीडितहरुलाई संघीय सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज लगायत अन्य संस्था र व्यक्तिगत रुपमा बाढिपहिरो पीडितलाई राहत उपलब्ध भईसकेको छ भने अन्य विभिन्न सहयोग संस्थागत तथा व्यक्तिगत रुपमा राहत संकलन भइरहेको राहत संकलन समिति सचिव कुमबहादुर पुनले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is s1.jpg

उर्जा, जलस्रोत तथा उर्जा मन्त्री वर्षमान पुनमगरबाट रु ६९ हजार बराबरको चालम, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरबाट रु १० हजार, जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियारबाट रु २५ हजार, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजबाट रु ७० हजार, रोल्पा नगरपालिका–२ नं. वडा अध्यक्ष खिमबहादुर घर्तीमगरबाट २० बोहोरा चामल, रोल्पा नगरपालिका–७ माडीचौर रोल्पा निबासी रामचन्द्र पुनमगरबाट रु २० हजार, प्रवासी युवा समूह रोल्पा नगरपालिका–२ रेउघाबाट रु २० हजार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष÷प्रेस संगठन नेपाल प्रदेश नं. ५ नेपालको सह–संयोजक÷रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्माबाट रु ५ हजार बराबरको स्टेशनरी, रोल्पा नगरपालिका–७ माडीचौर रोल्पा निबासी राम घर्तीमगरबाट रु १० हजार, रोल्पा नगरपालिका–८ जंकोट रोल्पा निबासी जय प्रकाश बि.क.बाट रु ३ हजार ४० रुपैया राहत प्रदान गरेको बाढिपहिरो पीडित राहत संकलन सचिव कुमबहादुर पुनमगरले बताउनुभयो । थप रहात संकलनका लागि विभिन्न सहयोगी निकायहरुसँग राहतका लागि समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

You may also like