बाल कल्याण नमूना मा.वि.मा. मेरो आगमन र पूर्व विद्यार्थी मञ्च

मानसिंह विश्वकर्मा
सचिव
श्री बाल कल्याण नमूना माध्यमिक विद्यालय
पूर्व विद्यार्थी मञ्च लिबाङ रोल्पा

मेरो शिक्षा प्राप्तीको यात्रामा यस्तो पनि भयो । श्री शिद्ध कैलास मा.वि.कोर्चाबाङमाबाट आए म कोर्चाबाङमा हुँदा देश र जनताको लागि मुक्ति युद्धमा लागेको छु भनेर सबैलाई प्रशिक्षण गर्दथ्ये तर बाल कल्याण जनयुद्धमा एस.एल.सी. दिनका लागि आए एक रात बास बस्न नसेकन मेरो नाम पनि माओवादी आतंकारीमा अभिलेखीकरण भई सकेको रहेको एक रात पनि बास बस्न सकेन ।
बस्नु पनि भएन म किन कि आतंककारी होइन । म जनयुद्धमा सरिक मानिस हँे । पढाई भन्दा जनयुद्धबाट मुक्ति नै स्वर्णिय थियो । भएन त्यो लिबाङमा सपनाको चाङहरुलाई अधुरो बनाउँदै फर्किए जनयुद्धको मार्गमा । तर करिव ५ वर्षपछि फेरी जोडियो शैक्षिक प्राप्तीको यात्रा ।

रोल्पा जिल्लाको सदुरमुकामा रहेको बाल कल्याण माध्यमिक विद्यालय हाम्रो रोल्पा जिल्लाबाट सच्चा सन्तान उत्पादन गर्ने विद्यालय हो । बाल कल्याण माध्यमिक विद्यालय रोल्पा जिल्लाबाट नेपालकै नेतृत्व गर्ने सक्ने विद्यार्थीहरु जन्माउँदै एउटा कृतिमान कायम गरेको छ । हाल बाल कल्याण मा.वि.को चर्चा परिचर्चा रोल्पामा मात्रै होइन नेपाल र रोल्पाका कारणले बिश्वमा पनि केही चर्चाको विषय बनेको छ । विगतमा यसै विद्यालयमा अध्ययन तथा अध्यापन गरी हाल राजनीतिक, सामाजिक, र कर्मचारीको उच्चतहमा पुगेर देशकै नेतृत्व गरेपछि यो विद्यालय चर्चामा आएको हो । भिआइपीहरुलाई उत्पादन गर्ने यस विद्यालय आज रोल्पा जिल्लाको एउटा नमूना योग्य विद्यालय बन्दै रोल्पा जिल्लाको शैक्षिक क्रान्तिको अभिभावकत्व ग्रहण गर्दैछ । यसै विद्यालयको विकास र समृद्धिका लागि पूर्व विद्यार्थी मञ्चको आवश्यकता र महसुस गरिएको छ । त्यसै अनुसार पूर्व विद्यार्थी मञ्च गठन गरिएको थियो ।
यस विद्यालयमा मेरा आगमन
मेरो अध्ययनको शुरुवात गाउँकै श्री शिसुसेवा प्राथमिक विद्यालयमा श्री शखबहादुर घर्तीमगर, शेरबहादुर घर्तीमगर, तिर्थराज पुनमगर लगायतको शिक्षकहरुबाट मैले शिक्षा प्राप्तको यात्रालाई शुरुवात गरेको हुँ । मेरो गाउँकै विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नका लागि पनि निकै कठिन थियो । मलाई प्रथम हुनै पर्ने वाध्यता थियो । यदी मलाई प्रथम भएन भने अध्ययनका लागि शैक्षिक सामग्री जोहो गर्न नै मेरो आमा बुवालाई निकै कष्ठ हुन्थ्यो कि फलामको चिउरा चपाउँदाको भन्दा पनि निकै समस्या हुन्थ्यो । म अध्ययनका लागि प्र.अ. शेरबहादुरको पसलमा बस्ने, उहाँसँगै व्यापार गर्न जाने, विभिन्न सामानहरु खरिद गर्ने जाने, लिबाङबाट सामान बोक्ने लगायतका कामहरु गर्नुपर्ने वाध्यता थियो ।
अनि मैले प्राथमिकतहको विद्यालयमा अध्ययन गरेको थिए । त्यस पछि म श्री शिद्ध कैलास माध्यमिक विद्यालयमा अध्ययन गरेको थिए । त्यति बेलामा पनि मलाई जनयुद्धमा लाग्ने विचारको तुसाहरु पलाउन लागि सकेको थिए । करिव ५६ सालमा मैले कक्षा ६ देखि १० सम्म सोही माविमै अध्ययन गरेको थिए । कक्षा ६, ७ सम्म अलि समय दिएर पढे भने ८, ९ र १० कक्षा कहिले युद्ध, कहिले संगठन बनाउँदै, कहिले नाँच्दा नाँच्दै, गाउँदा गाउँदै बचेको समयमा किताव र कलमको भेट हुने गर्दथ्यो त्यही पढाईबाट परिक्षा दिदै अगाडि बढेको थिए । मैले एस.एस.सी. दिनका लागि लिबाङ बाल कल्याण मा.वि.मा आउने भनेर योजना त बनाए एक दिनमा आउन सकिने अवस्था थिएन । राती आउन भनेर योजना त बनाएको थिए । मेरा साथीहरुको सहयोगमा नै आए तर अर्काे विद्यालयका साथीहरुसँग बसेको थिए तर मलाई प्रहरीले खोजीरहेको मेरा साथीहरुले खवर गरेपछि लिबाङका थलिबाङबाटै फर्किएर म आन्दोलनमा सहभागि भएका थिए । पहिलेपछि भूमिगत नै थिए । त्यसपछि करिव ४ वर्षपछि फेरी शिक्षासंग मेरो नाता जोडियो । सो विद्यालयसँग २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) र सरकारबीच बृस्तृत शान्ति सम्झौता फेरी एस.एस.सी दिनका लागि बाल कल्याण माध्यमिक विद्यालयमा आएको थिए । सोही विद्यालयमा कक्षा ११ र १२ अध्यापन गरेको थिए । त्यसरी मेरो पनि नाता जोडियो बाल कल्याण मा.वि.सँग । जसको कारण म त्यसै विद्यालयबाट शिक्षा आर्जन गरे अनि आज बाल कल्याण जस्तो गरीमा बढाईरहेको विद्यालयको पूर्व विद्यार्थी मञ्चको सचिव छु । मलाई यो अवसर प्रदान सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।
हाम्रो विद्यालयय साच्चिकै नमूना हो ।
हाम्रो विद्यालयको यस्तो विद्यालय हो । जो आज उहाँहरुकै नेतृत्वमा देश अगाडि बढीरहेको छ । यसै विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने थलोका रुपमा बाल कल्याण नमूना माध्यमिक विद्यालय हो । रोल्पा जिल्लाको शैक्षिक जागरणको गुरुको रुपमा रहेको यस विद्यालय २०२३ सालमा स्थापना भएको हो । देशका भि.आई.पी.जन्माउने विद्यालय हाल ५० वर्षको अनवतर यात्रा पूरा गरेको छ । यसै विद्यालयमा अध्यरत विद्यर्थाीहरु आज देशको उच्चतहदेखि विभिन्न्न क्षेत्रमा कार्यरत रहेका छन् ।
यो विद्यालय एउटा देशको सेवा गर्ने सच्चा सपुत उत्पादन गर्ने शैक्षिक केन्द्रको रुपमा रहेको छ । यस विद्यालयमा नेपालका उपराष्ट्रपति सम्माननीय नन्दबहादु पुनमगर (पासाङ), सम्माननीय सभामुख कष्णबहादुर महरा, सम्माननीय सभामुख ओनसरी घर्तीमगर, माननीय ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर, मन्त्री जयपुरी घर्तीमगर लगायत पूर्व मन्त्री वालाराम घर्तीमगर, मन्त्री, सहायक मन्त्री, राज्यमन्त्री, प्रदेश साँसद, साँसद, जिल्ला समन्वय समिति प्रमुख, सभापति, नगरप्रमुख, गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्षहरु उत्पादन गर्न सफल भएको छ । यसैगरी सुरक्षा क्षेत्रमा डिआइजी देवेन्द्र सुवेदी, भारतीय सेनाका क्याम्पेटन मानबहादुर बुढामगर लगायत संयौंको सख्याले काम गर्न सफल भएको छन् । राजनीति नेतृत्वमा या प्रशासनिक क्षेत्रमा र सामाजिक क्षेत्र लगायत उत्पादन गरेको हामी सबैलाई जानकारी भएकै कुरा हो । देशको आशा र विश्वास लाग्दा मानिसहरु जन्माउने विद्यालयले अब आफ्नो लागि केही योगदान गर्नका लागि माग गरिरहेको छ । वाल कल्याणलाई नमूना बनाउनको लागि पूर्व विद्यार्थीहरुको भूमिका पनि जरुरी देखिन्छ । त्यसै मुटाविक विद्यालय प्रशासन, विद्यालय व्यस्थापन समितिको पहलमा पूर्व विद्यार्थी मञ्चको गठन गरिएको थियो । विद्यालयको शैक्षिक सुधार, नीति निर्माण, भौतिक पूर्वधार निर्माणका लागि एउटा साझेदारी निकायको रुपमा अगाडि बढाउने भनेर विद्यालयको गुरुयोजना निर्माणमा उल्लेख भए अनुसार पूर्व विद्यार्थी मञ्चलाई पनि अगाडि बढाउनको लागि कार्ययोजना निर्माण गरी अगाडि बढाइएको थियो ।
पूर्व विद्यार्थी मञ्च संक्षिप्त जानकारी
यस विद्यालय बाल कल्याण् नमूना माध्यमिक विद्यालय लिबाङ रोल्पाले अब सबैको सहकार्य र योगदानबाट यस विद्यालयको शैक्षिक, भौतिक र जनशक्तिको विकासमा योगदान पु¥याउने समयको माग हो । त्यही समयको माग अनुसार विद्यालयको आवश्कयताका आधारमा श्री वाल कल्याण नमूना मा.बि. विद्यालय गुरुयोजना २०७५ अनुसार पूर्व विद्यार्थी मञ्चको परिकल्पना गरिएको थियो । पूर्व विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको थियो । विद्यालय व्यववस्थापन समितिका अध्यक्ष महेश कुमार न्यौपाने र विद्यालयका प्र.अ. मधुसुद पोख्रेलको पहलमा पूर्व विद्यार्थी मञ्च गठन गरिएको थियो ।
संक्षिप्त सँस्थागत परिचय
सो परामर्श बैठकले खिमबहादुर घर्तीको संयोजकत्वमा गठन गर्दै विभिन्न समयमा बसेको बैठकले मञ्चलाई क्रियाशील बनाउनको लागि सदस्यहरु, मानसिंह बि.क.,झक्कु न्यौपाने, कुलबहादुर डा“गी, वसन्त घर्तीमगर, चन्द्रबहादुर घर्ती, ओविलाल महरा, कृष्ण घर्तीमगर, हेमन्त खत्री, जीतबहादुर डा“गी, दिपककुमार श्रेष्ठ, होमबहादुर डा“गी, विनोद डा“गी, नैना डा“गी, देवी गुरुङ लाई जिम्मेवारी दिदै थप गर्दै भगवती मल्ल (मिलन), शेरबहादुर थापा, अशोक आचार्य, खेमराज थापामगर, मोहनचन्द्र घर्तीमगर, भूमिका घले (थापा) सहित २१ सदस्यीय तदर्स समिति गठन गरिएको छ । त्यसपति कार्य समितिले मानसिंह विश्वकर्मालाई सचिवको जिम्मेवारी प्रदान गरिएको थियो ।
यसै गरी तदर्थ समितिले सल्लाहकार राजबहादुर बुढा, पूर्ण के.सी., महेशकुमार शर्मा, मधुसुदन पोख्रेल, चिन्तामणि आचार्य, लेखनाथ आचार्य, कृष्णबहादुर घर्तीमगर, माधवप्रसाद आचार्य, दलवीर पुन, दलबहादुर खत्री, काशीराम डा“गी, खेमबहादुर बुढामगर, विष्णु आचार्य,, लोककुमार श्रेष्ठ, हरिबहादुर मल्ल, नोखराज पोख्रेल, शालिकराम श्रेष्ठ, जितविक्रम मल्ल, जयश्री शर्मा (रेग्मी), पुष्पा श्रेष्ठ रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
यसै विद्यालयको पूर्व विद्यार्थी एवं पूर्व शिक्षक सम्माननीय सभामुख कृष्णबहादुर महाराको प्रमुख आतिथ्यतामा २०७५ साल पुस ७ गतेका दिन पूर्व विद्यार्थी मिलन कार्यक्रम एवं प्रथम भेला सम्पन्न गरिएको थियो । यसै विद्यालयमा अध्ययन गर्नुभएका प्रदेश नं. ५ का आन्तरिक तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर, पूर्व माननीय बमकुमारी बुढामगर, क्याप्टेन मानबहादुर लगायतको उपस्थितिमा सम्पन्न गरिएको थियो । त्यसले प्रथम अधिवेशनके मार्ग निर्देशन गरेको थियो । सम्माननीय सभामुख कृष्णबहादुर महराले सोही कार्यक्रममा बहुउद्धेश्यीय हल निर्माणको लागि आफूले पहल गर्ने बतानुभएको थियो । यसैगरी प्रथम अधिवेशनका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय वर्षमान पुनमगरले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसले पनि पूर्व विद्यार्थी मञ्चको अविष्टलाई केही हदसम्म पुरा गरेको थियो ।
यसैगरी पूर्व विद्यार्थी मञ्च लिबाङ रोल्पाको प्रथम भेला यसै विद्यालयका पूर्व विद्यार्थी एवं ऊर्जा, जलश्रोत, तथा सिचाई मन्त्री वर्षमान पुनमगरको प्रमुख आतिथ्यतामा २०७५ साल फागुन १२ गते सम्पन्न गरिएको थियो । सो भेलाबाट अध्यक्ष खिमबहादुर घर्तीमगर, उपाध्यक्ष भगवति (मिलन) मल्ल, झग्गुप्रसाद आचार्य, सचिव मानसिंह विश्वकर्मा, सह सचिव शेरबहादुर थापा, कोषा अध्यक्ष नैनाकुमारी डाँगी, सदस्यहरु कुलबहादुर डाँगी, लिला आचार्य, बसन्त घर्तीमगर, किरण बढामगर, हेमन्त खत्री, दिपक श्रेष्ठ, जितबहादुर डाँगीलगायतको समितिलाई जिम्मेवारी प्रदान गरेको थियो ।
यसैगरी पूर्व विद्यार्थी मञ्चले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग नजिकै रहेर काम गरेको छ । सदस्यता विस्तार अभियान, विद्यालयको भर्ना अभियान, शैक्षिक सुधार लगायतको कार्यक्रम गर्नका लागि हामीले सबै साथीहरुलाई अगाडि बढाएका छौँ । विद्यालयको हरेक गतिविधीमा जोडिन र विद्यालय प्रसासन र विद्यालय व्यवस्थापन समिति एकाकार रुपमा अगाडि बढेमा विद्यालयको संबाङ्गीण विकास हुने छ ।
अन्त्यमा बाल कल्याण नमूना माध्यमिक विद्यालय बनाउनको लागि एउटा पक्षमा मात्रै जिम्मेवारी र कर्तव्य निष्ट भएर हुँदैन । त्यसका लागि हामीले बिद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी,अभिभावक, पूर्व विद्यार्थीको भूमिका निकै महत्वपूर्ण छ । यसका साथै यसको विकासका लागि स्थानीयदेखि प्रदेश र सघीय सरकारसम्मको भूमिकामा निकै आवश्यक र महत्पूर्ण हो । यस विद्यालयमा अध्ययन गरी जसरी देशको नेतृत्व गरिरहनुभएको छ । गर्भले हाम्रो छाति चौडा हुन्छ । त्यस्तै गरी उहाँ उहाँको बुद्धि, क्षमता, ज्ञान र पहँुचको सही सदुपयोग गरेर अगाडि बढ्न जरुरी छ । बाल कल्याणलाई शैक्षिक, सँस्कृति, भौतिक पूर्वाधार निर्माण लगायतले सबैको भरीपूर्ण बनाउनु छ । यो हामी सबैको प्रयास र पहललेबाट मात्रै सम्भव छ । बाल कल्याण नमूना माध्यमिक विद्यालयलाई सबैको मेहनत, परिश्रमबाट नमूना बनाउऔँ । यस अभियानमा सबै पूर्व विद्यार्थीहरुले मलाई विद्याललयले योगदान दियो । अब मैले विद्यालयलाई दिने पालो हो भन्ने सोचर विद्यालयका लागि केही न केही गर्न आवश्यक छ । त्यही अभियानमा हामी सबै लागौँ ।

You may also like