“अनिवार्य, आधारभूत गुणस्तरीय शिक्षाका लागि सेभ द चिल्डेन र हुरेकको भूमिका अहम रहेको छ” – नगर शिक्षा  प्रमुख पराजुली

रोल्पा समाचारदाता
असोज २ गते लिबाङ रोल्पा

नेपाल सरकारको निशुल्क तथा अनिवार्य आधारभूत गुणस्तरीय शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको अवस्थामा शिक्षा क्षेत्रमा काम गर्दै आएका सेभ द चिल्ड्रेन, हुरेक नेपाल जस्ता सँघसँस्थाहरुले विशेष भुमिका निर्वाह गरेको रोल्पा नगरपालिकाका नगर शिक्षा प्रमुख महेन्द्र पराजुलीले बताउनु भएको छ ।
यस्तो विचार महेन्द्र पराजुलीले बुधबार रोल्पाको लिबाङमा सञ्चालन भएको शैक्षिक सामाग्री निर्माण सम्वन्धी ४ दिने तालिम कार्यक्रमको बुधबार लिबाङमा उद्घाटनमा बोल्दै शिक्षा प्रमुख पराजुलीले तालिम प्राप्त पछि सबैले स्थानीय स्तर विद्यालयका कक्षा कोठाकोठामा पुगेर कार्यन्वयन गर्न अनुरोध गर्नुभयो । विद्यालयमा बालमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चाालनका लागी धेरै भन्दा धेरै शैक्षिक सामाग्री आवस्यक पर्ने भएको र ति सामाग्रीहरु विद्यालयले खरिद गर्दा धेरै आर्थिक भार हुनसक्ने भएकोले शैक्षिक सामाग्री निर्माण सम्वन्धी तालिम अहिलेको आवस्यकता भएको बताउँदै सेभ द चिल्ड्रेन, हुरेक नेपाल रोल्पाबाट शैक्षिक गुणस्तर सुधारका लागी महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नगर शिक्षा प्रमुख पराजुलीले विशेष धन्यवाद दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सेभ द चिल्डे«नका दिलकमल क्षेत्रीले रोल्पा जिल्लाको शिक्षा क्षेत्रको सुधारका लागि सँस्थाले सकेजति पहल गरेको बताउनुभो । साथै आगामी दिनमा पनि अभै शैक्षिक विकासका लागि विभिन्न निकायसंँग हातेमालो गर्दै शिक्षाको समृद्धका लागि अगाडि बढ्ने बताउनुभयो ।
हुरेक रोल्पाका अध्यक्ष घनश्याम आचार्यको अध्यक्षता सञ्चालित तालिममा एक नगरपालिका र चार गाउँपालिकाका स्रोतव्यक्तिहरु, हुरेक रोल्पाका शिक्षा परियोजनाका सम्पूर्ण कर्मचारी लगाएतको उपस्थिती रहको छ । ४ दिनसम्म चल्ने तालिमको सहजीकरण प्रशिक्षक विश्व देवकोटाले गर्नुभएको छ भने उक्त तालिम शनिबारसम्म सञ्चालन हुने आयोजक हुरेक नेपाल रोल्पाले बताएको छ ।

You may also like