शिक्षा दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीमा शैक्षिक मेला समपन्न

समाचारदाता
खुंग्री, रोल्पा
भाद्र २२ गते 

५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने मूल नाराका वडा स्तरीय अतिरिक्त क्रियाकलाप तथा शैक्षिक मेला आइतबार सुलिनस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीमा सम्पन्न भएको थियो ।
सेभ्द चिल्डे«ेनको सुनिलस्मृति आर्थिक सहयोग गाउँपालिका वडा नं. २ को समन्वय तथा हुरेक रोल्पाको आयोजनामा सञ्चालन भएको सो र्काक्रममा वडाका ९ वटा सामुदायिक विद्यालयहरुबाट शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो । कक्षा ३ का विद्यार्थीहरुलाई स्वतन्त्र लेखन, कक्षा ४ र कक्षा ५ का विद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगिता, आधारभूत स्तरीय ‘मैले चोहेको विद्यालय’ भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । साथै शिक्षकलाई गजल, कविता वाचन र अभिभावकलाई कथा बाचन प्रतियोगिता सम्पन्न गरिएको छ ।
बक्तृत्वकलामा मेलामा त्रिपुरेश्वरी मा.वि. खुंग्री प्रथम, ज्ञानुदय आधारभूत विद्यालय द्वितीय, ज्योतीप्रकास आधारभूत हरीगाउँ तृतीय, हृदयश्वरी आधारभूत विद्यालय स्वात्वनता भएको हुरेक रोल्पाका सामाजिक परिचालका अस्मिता थापाले बताउनुभयो ।


वडा अध्यक्ष एवं कार्यक्रममा अध्यक्ष सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नेत्रबहादुर गिरीले शिक्षा नै मानिसको पहिलो धन भएको बताउँदै शिक्षाको सुधारका लागि काम गरिरहेको बताउँदै शिक्षालाई नै पहिलो प्राथमिकता दिएर काम गरिएको बताउनुभयो । उहाँले वडाको शैक्षिक सुधारका लागि हुरेक रोल्पा र सेभ्द चिल्डे«न रोल्पालाई धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि निरन्तर सहयोग गर्नका लागि अपिल गर्नुभयो । सामाजिक परिचालका अस्मिता थापाको पहलमा खुंग्रीमा विगतदेखि नै शैक्षिक मेला, विभिन्न अतिरिक्त क्रियाकलापहरु हुँदै आएकोमा वडा अध्यक्षले आगामी दिनमा पनि शैक्षिक सुधारका लागि कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

You may also like