पूर्व सभामुख कृष्णबहादुर महारा ४० वर्षपछि पार्टी सदस्यता पाएको घरमा पुगे

मानसिंह बिश्वकर्मा
फागुन २५ रोल्पा


पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा आइतबार आफूले राजनीतिक जीवनको सुरुवात गरेको रोल्पा जिल्लाको थबाङमा पुगेर थबाङका नेता तथा कार्यकर्तासँग भेटमात्रै गर्नुभएन आफूले राजनीतिक जीवन शुरुवात गरेको थबाङको त्यो घरमा भत्कीन लागेको घरमा पनि पुग्नुभयो । उहाँले त्यो घरमा जसरी पनि जाने इच्छा व्यक्त गर्नुभएको थियो ।
शुक्रबार विहान आफ्नो घरमा भेटघाट गर्न जाने बेलामा थबाङका निवासी पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष मौसम रोकामगरसँग थबाङ जानकालागि इच्छा व्यक्त गरेपछि रोकामगरले जसरी पनि पुगि दिन आग्रह गरेपछि थबाङको यात्रा तय भयो । सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौर, लुंग्री गा.पा.का. केन्द्र, पोबाङ हुँदै थबाङको एक भत्किएको घरमा पुगेपछि अचानक उहाँ भावुक हुनुभयो र फोटो पनि खिचाउनु भयो । किन ? त्यो भत्किएको घर देखेर उहाँ किन भावुक एवं स्तब्ध बन्नुभयो ? उहाँले भन्नुभयो–‘मेरो पनि ४० वर्ष पहिले, राजनीतिमा सक्रियता, युवाकाल थियो भने घरमा पनि जोवन थियो, तर हाल पनि यो घर मेरा योगदान उत्तिकै छ ।”
सो घर कम्युनिष्ट विचारमा आस्था राख्ने गजबहादुर बुढामगर (रामबहादुर) घर हो । उनी पनि कम्युनिष्ट पार्टीमा लागरे सबै सम्पत्तिहरु जनयुद्धकालमा पार्टी करण गरी अजम्बरी जनकम्युनमा बस्दै र उहाँकाे परिवार नै क्रान्तिमा सहभागी भएका थिए । कृष्णबहादुर महरा करिव ४० वर्षपछि थबाङमा पार्टी सदस्यता लिएको घरमा पुग्नुभयो । विगतको ४० वर्ष अगाडिको आफ्नो यौवनकाल, राजनीतिक जीवन, जोस, जागरको कुरालाई सबैसामू स्मरण गराउनुभयो । ‘घर भत्कीएको थियो, अनि त्यस घरको कुनै रनौकता थिएन । अनि हाम्रो जीवन यस्तै हो नि ४० वर्ष पहिले यो घर म कस्तो थियौँ होला नी ? भनेर प्रश्न गर्नुभयो ।
पछि विस्तारै भन्नुभयोः–‘ कलिलै उमेरमा थिए, यही घरको एउटा कोठामा बसेर २०३७ सालमा बसेरे तत्कालीन नेताद्वय मोहन बैद्य ‘किरण’ र बासुदेव गौतमले कम्युनिष्टको विचार, आदर्श तथा दर्शन सुनाउनुभयो र मैले पार्टी म प्रभावित भएर सदस्यता लिए यही घर हो ।’
उहाँले कम्युनिष्ट जीवन शुरुवात गरेको घरको अबस्था देखेर चिन्चित हुनुभयो बनाउन एवं मर्मत गर्न समेत अपिल गर्नुभयो । किशोर अवस्थामा नै क्रान्ति र विद्रोहको चेतना भएका जुझारु युवा जसले २०३७ सालमा पार्टी सदस्यता लिएको थबाङस्थित त्यो घरको भग्नावशेष देखेपछि महरा केहीबेर भावुक बन्नुभएको थियो । त्यहाँ उभिएर फोटो खिच्दै महराले भन्नुभयोः– ‘यो घरको पनि मेरो राजनीतिक जीवनमा निकै अर्थ पूर्ण छ, यसलाई संरक्षण गराँै, यो एउटा युद्ध पर्यटनको केन्द्र पनि बन्दछ’


यही घरको कोठामा बसेर लिएको पार्टी सदस्यताले महरालाई राजनीतिक उचाइमा पु¥याएको थियो । रोल्पाबाटै २०४८ सालदेखि नै संसदीय राजनीतिमा लागेर सांसद बन्नुभयो । सोही थबाङ पनि महराकै क्षेत्र हो । पूर्वसभामुख महरा आफूमाथिको यौन दुव्र्यवहारको मुद्दामा पूर्ण सफाई पाएपछि महरा दाङ हुँदै रोल्पा पुग्नुभएको हो । नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

You may also like