‘देशका ठूला राजनीतिक दलभित्र मतभेद हुदाँ नै राजावादीहरु सल्वलाएका हुन्’ लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनमगर


रोल्पा समाचारदाता
मंसिर २१ गते रोल्पा पेदीखोला

This image has an empty alt attribute; its file name is p-3-1024x473.jpg
उद्घाटन कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगर


लुम्बिनी प्रदेशका सभासदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले संघीयताको लागि धेरै सपुतहरुले बलिदान लिएको कारणले संघीयता कार्यान्वयन गर्नु नै पहिलो दायित्व भएको बताउँदै कार्यन्वयनका लागि संघीयताको पक्षपाती नै लाग्नु पर्ने जोड दिनुभयो । उहाँले देशका ठूला राजनीतिक दलभित्र मतभेद हुदाँ नै राजावादी सल्वलाएका बताउनुभयो ।
उहाँले यस्तो विचार माडी गाउँपालिका १ नं. वडाको नव निर्मित भवन कार्यालय भवनको उद्घाटन गर्नेक्रममा माडी १ पेदिखोलामा बताउनुभएको हो । उहाँले संघीयताको पक्षपाती प्रमुख राजनीतिक पार्टीहरुमा मतभेद तथा बहस चलिरहेको बेलामा राजाबादी शक्तिहरु लागेको बताउँदै त्यसका विरुद्धमा संघर्ष गर्नुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is udgat-1-1024x473.jpg
भवनकाे उद्घाटन गर्दै परदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगर


उहाँले माडी गाउँपालिका १ को भुगोल घर्तीगाउँ र ओतका साविकका वडाहरु मिलाएर बनाएकोले त्यसमा विकासको जग बसाल्न निकै कठिन भएको बताउँदै भन्नुभयोः–“हामीले नै बनाएका हौ, त्यसमा जग बसाल्नुभएको त्यही जगमा उभिएर काम गर्नुपर्ने छ । हामीले अब धेरै कामहरु सञ्चालन गर्न वाँकी छ अब हामीले नै गर्नुपर्दछ ।” वडा कार्यालय बीचमा नभएपनि सबैलाई सडकको पहुँचबाट नकिजै भएकोले त्यसबाटै सेवा लिनका लागि अनुरोध गर्नुभयो ।
उहाँले माडी १ पेदिखोलामा जग्गादाताहरुलाई सम्मान गर्दै भन्नुभयोः–“यो गणतन्त्र, संघीयता स्थापनाका लागि नै महत्वपूर्ण योगदान गर्नुभएको छ यो पुस्तौम्म युग युगसम्म जीवित नै रहनेछ । धन्यवाद ”


कार्यक्रममा माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगर ‘आनन्द’ ले माडी गाउँपालिका १ नं. वडा साविक घर्तीगाउँ र ओतको वडाहरुको सिसाएर बनाएकोले सबै संरचाहरु नयाँ र जग बसाल्नु पर्ने भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल भनेको पहिलो कार्यकाल रहेकाले जग बसाल्ने नै रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको भवन निर्माण कार्य पहिलो आवश्यक र प्राथमिकताको विषय नै रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is jgga-data-lai-samcha-1024x473.jpg
उद्घाटन कार्यक्रमा जग्गादातालाइ सम्मान प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगरले गरेपछी खुशीमा दाताहरु


प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ले वडा कार्यालय भवन निर्माणका लागि जग्गादाता झुला बुढामगर, मानविर खत्री, दलविर खत्री, गमन घर्तीमगरलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

आफूले वडाको लागि जग्जा दान गर्न पाउँदा निकै खुशी लागेको जग्गादाता झुला बुढामगरले बताउनुभो । यस्तो पुण्य कमाउँदा मनलाई पनि सन्तोष भएको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनिकला घर्ती बुढामगर, वडा नं. २ का वडा अध्यक्ष ललितबहादुर घर्तीमगर, वडा नं. ५ का वडा अध्यक्ष भरतबहादुर बुढाममगर, वडा नं. ६ का वडा सदस्य कविराज घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी माडी गाउँपाकिला अध्यक्ष मित्रमणी घर्तीमगर, नेपाली कांग्रेस क्षेत्री सभापति गोपाल घर्तीमगर, नेपाल पत्रकार महासंघका दोस्रो कार्याकालका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्याकालका अध्यक्ष मानसिह विश्वकर्मा, नापी कार्यालय घर्तीगाउँ रोल्पाका कार्यालय प्रमुख सञ्जित वली, प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका कार्यालय प्रमुख सुधिर खड्का, कृष्ण मा.वि. घर्तीगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घर्तीमगर, रेडियो माडी आवाजका स्टेशन म्यानेजर वुद्धिमान वली लगायतको आतिथ्यता रहको थियो ।
कार्यक्रम वडा अध्यक्ष आमबहादुर घर्तीमगरको अध्यक्षामा भएको कार्यक्रमको सञ्चालन गाउँ कार्यपालिका सदस्य झग्गु परियारले गर्नुभएको थियो भने स्वागत वडा सदस्य सिवप्रसाद वलीले गर्नुभएको थियो ।

You may also like