इलाका प्रहरी कार्यालय होलेरीको पहलमा एक बालिकाको उद्वार

इलाका प्रहरी कार्यालय होलेरीको पहलमा एक बालिकाको उद्वार

पौष २४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s6.jpg

काठमाण्डौं जिल्लाको एक इट्टा भट्टामा श्रमका लागि लैजादा गरेको अवस्थामा इपालका प्रहरी कार्यालयले आज सवारी साधन चेकजाँचको क्रममा एक बालिकको उद्वार गरेको छ । हिउँद मौसम सुरुवासँगै विभिन्न ठाउँबाट श्रमका लागि बालबालिकाहरुलाई विभिन्न ठाउँका इट्टा भट्टामा लैजाने क्रम सुरुवात भएको छ ।
यस कार्यालयको पहलमा उद्वार भएकी प्युठानको स्वर्गद्वारी नगरपालिका–२ लिप्चा निबासी १३ वर्षीया डिला पुन रहेको इलाका प्रहरी कार्यालय होलेरी चौकी इञ्चार्ज प्रहरी निरीक्षक शङ्कर खड्काले बताउनुभयो । उहाँ अनुसार सोही गाउँका मामा नाता पर्ने ओम प्रकाश घर्तीले काठमाडौं स्थित इट्टा भट्टामा लैजादै गर्दा चेकजाचको क्रममा थाहा पाएपछि उद्वार गरिएको जानकारी दिनुभयो । उमेर नपुगेकी बालिकालाई श्रमका लागि लैजाने ओम प्रकाश घर्तीलाई नियन्त्रणमा लिएर बालबालिकालाई श्रम गराएमा कानुनी कारबाही बारे जानकारी गराएर प्रहरीले छाडेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । बालिका डिलालाई पनि कलिलो उमेरमै श्रम गर्न जाँदा भविष्य बिग्रने हुँदा पढ्न लेख्नलाई प्रेरित गर्ने खालको परामर्श दिएर घर पठाइएको उहाँको भनाइ छ । आगामी दिनमा उमेर नपुगेकालाई श्रममा लैजानेलाई नियम अनुसार कडा कारबाही गरिने उहाँले बताउँनुभयो । शहरी जिल्लाहरु दाङ, बाँके, बर्दिया, काठमाण्डौं, भरतपुर, लितपुर लगायत जिल्लाहरुको लागि यस जिल्लाको छिमेकी जिल्लाहरु पूर्वी रुकुम, प्युठान जिल्लाको प्रवेशद्वारा क्षेत्र भएकोले पनि प्रहरीले विशेष प्रथामिकताका साथ सुरक्षा प्रर्वद्वन उहाँको भनाइ छ ।

You may also like