नेपाली कांग्रेस पार्टी सरकारमा जान लालहित छैन तर, आवश्यकता अनुसार उपयुक्त निर्णय लिएर अगाडी बढ्छः पूर्व मन्त्री थामी

नेपाली कांग्रेस पार्टी सरकारमा जान लालहित छैन तर, आवश्यकता अनुसार उपयुक्त निर्णय लिएर अगाडी बढ्छः पूर्व मन्त्री थामी
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is p1-1024x768.jpg


नेपाली कांग्रेस पार्टी सरकारमा जान लालहित छैन तर, राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको अवस्थामा पार्टीले उपयुक्त निर्णय लिएर अगाडि बढ्ने केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थामीले बताउनुभयो ।
उहाँले यस्तो धारणा प्रेस युनियन जिल्ला शाखा रोल्पाले शुक्रबार लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको हो । ठूला दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र बिचको पार्टी एकीकरणबाट निर्वाचनबाट करीव दुई तिहाइको मत प्राप्त गरेर पनि जनमत पाएका थिए भने प्रतिपक्षको जनमत अनुसार नेपाली कांग्रेस पार्टीलाई प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । सर्वाेच्चको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आ–आफ्नो पार्टीमा फर्किने निर्णय अनुसार संघीय सरकार विषयले प्रथामिकता पाएको छ तर, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र र जसपा लगायत अन्य राजनीतिक दलहरुलाई बहुमत पु¥याएर सरकार सञ्चालन गर्न पार्टीले शुभ कामना दिएको उहाँको भनाइ छ । पार्टी आगामी महाधिवेशनको तयारीमा जुटको समयमा सरकार सहभागी हुने कुरा सहाय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व राज्य सिंचाई राज्य मन्त्री एवम् नेपाली कांग्रेस पार्टी रोल्पा जिल्लाको पार्टी सभापति अमर सिंह पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नवीन रोकामगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढा, निवर्तमान द्वोय अध्यक्ष मानसिंह विश्वकर्मा, महेश न्यौपाने, प्रेस संगठन नेपाल रोल्पाको संयोजक देवी गुरुङ, प्रेस चौतारी नेपाल रोल्पाको प्रतिनिधि भिम कुमार वली, प्रगतिशिल पत्रकार संघ रोल्पाको प्रतिनिधि मिनराज रोका लगायत पत्रकारहरुको सहभागी भएको कार्यक्रमको सहजीकरण प्रेस युनियन जिल्ला शाखा रोल्पाको अध्यक्ष लोकेन्द्र चन्दले गर्नुभएको थियो ।

You may also like