खेदकुद सीप विकासबारे ४ दिने तालिम

रोल्पा समाचारदाता
माघ १३ गते, रोल्पा
जिल्ला खेदकुद विकास समिति रोल्पाको आयोजनामा जिल्ला भरीका प्रतिनिधि खेलाडीलाई सीप विकास समबन्धी तालिम आजदेखि प्रदान गरिने भएको छ ।
जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना तथा जिल्ला एथलेटिक्स संघ रोल्पा, जिल्ला भलिबल संघ रोल्पा, जिल्ला रेफ्री संघको व्यवस्थापनमा खेलकुद सम्बन्धी सीप अभिबृद्ध तथा कार्य क्षमता समन्धी ४ दिने तालिमको लिबाङको बाल कल्याण मा.वि.मा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति रोल्पाका कार्यलय प्रमुख कैलाश रोकाले जानकारी दिनुभयो ।
सो कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् का निर्देशक नविन उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समेत आयोजकले बताएको छ । जिल्ला भरीका खेलकुदका सहभागी हुने एथलेटिक्स संघ रोल्पाका अध्यक्ष हरिश ओलीले जानकारी गराउनुभएको थियो ।

You may also like