घर्तीगाउँमा वाली विज्ञानमा पढाइ शुरु कृषि र पशुपालनलाई स्वरोजगारमुखी बनाउनु पर्ने सभासद्काे धारणा


–लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनमगर
रोल्पा समाचारदाता
मंसिर २१ गते रोल्पा घर्तीगाउँ

This image has an empty alt attribute; its file name is g-1-1024x473.jpg


लुम्बिनी प्रदेशका सभासदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ अब देशलाई प्राविधिक जनशक्ति आवश्यक रहेको बताउँदै देशलाई सम्बृद्ध बनाउने भए कृषि र पशुपालनामा अध्यायपन गराई स्वरोजगारमुखी बनाउने बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तो विचार पश्चि रोल्पाको केन्द्र घर्तीगाउँमा ९देखि १२ कक्षा सम्मको वाली विज्ञान विषयमा अध्ययन हुने प्राविधिक विद्यालयको उद्घाटन गर्दै आइतबार बताउनुएको हो । रोल्पाको पश्चिमी केन्द्र घर्तीगाउँमा नै विद्यार्थीहरुले बाली विज्ञान अध्ययन गर्न पाउने भएका छन् । शिक्षा क्षेत्रको समृद्धिका लागि यस विद्यालयमा अध्यापन गराइने यस विषयले विद्याथीहरुलाई नै थप प्राविधिक बन्न सहयोग गर्नेछ ।
प्रमुख अतिथिले पश्चिम रोल्पामा प्राविधिक शिक्षालाई अझै जनताको घरदैलो सम्म पु¥याउनको लागि आफ्नो पहलमा संघीय सरकार अन्तर्गत शिक्षा मन्त्रालयको मानव श्रोत विकास शाखाले २०७७ सालमा स्वीकृत प्रदान गरेको बताउँदै त्यसको निरन्तरता र दीगोपनासँगै शिक्षामा गुणस्तरीय प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले प्राविधिक रुपमा जनशक्ति तयार गरी घर, घरमा स्वारोजगारका रुपमा कृषि पेशालाई बनाएमा मात्रै देशका नागरिक सवल हुने र देश समृद्ध हुने बताउनुभयो । साथै कृषि विषय अध्ययन मात्रै होइन त्यसलाई स्वरोजगारको रुपमा लिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले यस क्षेत्रका विद्यार्थीलाई पनि प्राविधिक रुपमा अध्ययपन गराउनका लागि आफूहरु निकै लागेको बताउनुभयो । अब विद्यार्थीहरुलाई अध्ययन गरी रोजगारको मुखी बनाउनको लागि गाउँपालिका लागेको बताउँदै पश्चिम क्षेत्रका नागरिकहरुलाई अब सहज हुने बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस क्षेत्री सभापति गोपाल घर्तीमगर, नेपाल पत्रकार महासंघका दोस्रो कार्याकालका अध्यक्ष महेश न्यौपाने, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष प्रेम घर्तीमगर लगायत शुभकामना मनतव्य दिनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय घर्तीमगरको अध्यक्षामा भएको कार्यक्रमको सञ्चालन शिक्षक मोहन वलीले चन्द्रप्रकाश वलीले गर्नुभएको थियो । हाल सो विषय अध्ययनका लागि ४८ जना विद्यार्थीहरु भना भएको विद्यार्थीहरु उत्साहित रहेको विद्यालय प्र.अ. कविराज रिजालले बताउनुभयो ।

You may also like