क्यानसर पीडित बिर्खमा घर्तीलाई आर्थिक सहयोग

सुनछहरी गाउँपालिका ५ कसलामा बिर्खमा घर्तीमगर बचाउ अभियान अन्तर्गत शुक्रबार १ लाख ७३ हजार ३ सय १० रुपैयाँ क्यानसर पीडित बिर्खमा घर्तीमगरलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा सचिवालय सदस्य तिरबहादुर रोकामगर( डार्विन )को प्रमुख आतिथ्यता रहेको थियोे भने सुनछहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष देवीलाल रोकामगरको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा अभियानमा आबद्ध समाजसेवी,बुद्धिजीवी,युवा लगाएतको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष रोकाको बिशेश पहल र स्थानीय युवाहरुको सक्रियतामा उक्त अभियान संचालन गरि आर्थिक रकम जम्मा गरि हस्तान्तरण गरिएको हो।
बिर्खमा घर्तीमगर विगत केहि वर्ष यता क्यानसर पीडित भएर घरमै थलापरे बसेकी थिईन।उनको आर्थिक अभाव हुँदा उपचार हुन सकेको थिएन्न ।वडा अध्यक्ष रोका र अन्य स्थानीय युवाहरुको सक्रियतामा आर्थिक जुटाई उपचारको लागि पहल थालिएको अध्यक्ष रोकाले जानकारी दिनुभयो।
क्यानसर पीडित घर्तीका तीन छोरी मध्य दुईको बिबाह भइसकेको छ भने एक सानो छोरा रहेको छ।श्रीमानले कमाएको पैसाले छोराछोरी पढाउन र पालनपोषण गर्न ठीक्क भएकोले उपचारको लागि आर्थिक अभाव भए पछि आर्थिक श्रोत जुताउने अभियान थाली आर्थिक श्रोत जुटाईएको वडा अध्यक्ष रोकाले जानकारी दिनु भयो।

You may also like