सुलिचौर-फुलिवन-थबाङ मोटरबाटो अन्तर्गत फुलिवनको पहिरोमा बाटो खुल्यो,सुनछहरीमा दशै अगाडि नै सबै बाटो मर्मत हुँदै

सुलिचौर -पोबाङ -उवा-थबाङ मोटरबाटो फुलिवनको पहिरो हताए संगै संचालनमा आएको छ।गत जेठ अन्तिम तिर फुलिवनमा गएको ठुलो पहिरोको कारण अवरुद्ध सुलिचौर थबाङ मोटरबाटो सुनछहरी गाउँपालिका १ नम्बर वडा फुलिवनको पहिरो हताए पछि उक्त बाटो संचालनमा आएको हो।
सुनछहरी गाउँपालिकाको मर्मत सम्भार श्रोतबाट उक्त बाटो खुलाईएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले बताउनुभयो।
गाउँपालिकाले गाउँपालिका केन्द्र देखि थबाङ गाउँपालिकाको सिमना सिरक्याङ भिर सम्म रबिध कन्ट्रकसन प्रा.लिलाई बाटो मर्मत गर्ने जिम्मेवारी दिएको थियो।उक्त कम्पनीले गाउँपालिका केन्द्र पोबाङ देखि फुलिवन पहिरो हुँदै सिरक्याङ भिर सम्मको बिचमा अवरुद्ध बाटो दुई दिनमै खुलाउन सफल भएको कम्पनीका संचालक रबिन्द्र बुढाले जानकारी दिनुभएको छ।
गाउँपालिकाले गाउँपालिका भित्रका सम्पुर्ण मोटरबाटोहरु मर्मत कार्य तिब्र पारेको छ।दशै अगाडि नै सम्पुर्ण बाटोहरु पुर्न संचालनमा ल्याउने गरि काम भैरहेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभएको छ।

You may also like