“नेपालको शिक्षाको सुधारका लागि सबै लाग्नु पर्दछ” —पूर्वमन्त्री वर्षमान पुनमगर


मानसिंह विश्वकर्मा
माघ ४ गते तेबाङ रोल्पा

This image has an empty alt attribute; its file name is tepang-progam.jpg


पूर्वमन्त्री एवं प्रतिनिधी सभा सदस्य वर्षमान पुनमगरले नेपालको भविस्य निर्माणका लागि शिक्षा पहिलो आधार भएकोले गर्दा नेपालको शिक्षा सुधार गर्नका लागि सबै लाग्नु पर्ने बताउँदै त्यसको लागि सबै तयार हुनुपर्ने बताउनुभयो । उहाँले हामी शिक्षाको सुधार्नका लागि तयार नभएमा हाम्रो देशको विकासमा गति नआउन सक्ने बताउनुभयो ।
यस्तो कुराको उहाँले नेपाल राष्ट्रिय मा.वि. तेबाङ रोल्पाको ४६ औँ वार्षिकोत्सव तथा अक्षयकोष स्थापना सार्वजनिक कार्यक्रममा तेबाङ बोल्दै बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएपनि शैक्षिक क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताउनुभयो । विगतको हाम्रो पुर्खाहरुले पढेको शिक्षाले अबको दिनमा नहुने भन्दै अब सूचना प्रविधिसँग खेल्नु पर्ने बताउनुभयो । उहाँले नेपालको शिक्षा सुधारर्नका लागि नेपाल सरकार निकै तीव्र रुपमा लागेको बताउँदै यसको विकासका लागि अन्य क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको शिक्षाको विकास विगतको भन्दा तीव्ररुपमा विकास भएको बताउँदै अब यसको गुणात्मकता तिर लग्नु पर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा विगतको भन्दा विकास भएको बताउनदै भन्नुभयोः–“हामीले अध्ययन गर्दा गाउँमा माध्यमिक विद्यालय थिएन, जिल्लामा क्याम्पस थिएन, माध्यमिक विद्यालयको लागि सदरमुकाम आएर अध्ययन गरियो, क्याम्पस दाङमा गएर अध्ययन गरियो, तर हाल गाउँ गाउँमा विद्यालय छन्, सदरमुकाम क्याम्पस छन्, प्राविधिक विद्यालय छन्, कृषि क्याम्प छन् पढ्ने वातावरण छ पढ्नु पर्दछ ।”
उहाँले तेबाङको मा.वि सञ्चालन गर्नको लागि भवन निर्माण र अक्षयकोष स्थापनामा लगायतमा बजेट प्रदानका लागि पहल गरिएको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले तेबाङको लिस्ने लेक भिडन्तको स्थान, कृषिमा सिचाई, खानेपानी विद्युतको विकासका लागि विगतदेखि गर्दै आई रहेको बताउँदै आगामी दिनमा अmभै कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, लुम्बनी प्रदेश सभा सदस्य माननीय जोखबहादुर महरा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, निवर्तमान अध्यक्ष गुणेन्द्र घर्तीमगर, गाउँपालिका उपाध्यक्ष मिना थापा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रनिधी, विभिन्न विद्यालयका वि.व्य.स. का अध्यक्ष पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपाल राष्ट्रिय मा.वि. तेबाङ रोल्पाको ४६ औँ वार्षिकोत्सव तथा अक्षयकोष स्थापना सार्वजनिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरबहादुर पुनमगरको अध्यक्षतामा भएको थियो वडा अध्यक्ष रेशम शर्माले स्वागत गर्नुभएको थियो । विद्यालयले करिव २० लाखको अक्षयकोष स्थापना गरेको छ ।

You may also like