“कला र साहित्यमा गाउँपालिका अब्बल”- सुनछहरी गाउँपालिका निवर्तमान अध्यक्ष पुन

रोल्पाको सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आशबहादुर पुनले कला र साहित्यमा सुनछहरी गाउँपालिका अब्बल भएको बताउनु भयो।
सुनछहरी कला साहित्य समाज सुनछहरी गाउँपालिका ५ पोबाङ रोल्पाको आयोजनामा आयोजित रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रममा प्रमुख अतिथिको आशन्न बाट बोल्ने क्रममा उक्त भनाई राख्नुभएको हो।
निवर्तमान अध्यक्ष पुनले भन्नू भयो ” गाउँपालिका दुर्गम र पिछडिएको भए पनि कला गला र साहित्यमा अगाडि छ”

निवर्तमान अध्यक्ष पुनले सुनछहरी कला साहित्य समाजले गाउँपालिलामा रहेका कला,क्षमता भएका ब्यक्तिहरुलाई एकतामा जोड्नु पर्ने बताउनुभयो ।उहाँले भन्नू भयो “थुप्रै स्थानीय तथा राष्ट्रिय स्तर समेतका कलाकारहरु यहीँ गाउँपालिकामा रहेका छन हामी सङ्ग कला र साहित्यको अभाव छैन्न यसलाई एकताबद्ध गर्नको लागि पुलको व्यवस्था अब यहीँ समाजले गर्नु पर्छ।”
निवर्तमान अध्यक्ष पुनले कला साहित्य जनताको जीवन सङ्ग जोडिएको जनताको मन र पीडाबाट जन्मिनु पर्ने बताउदै साहित्यकार तथा कलाकारहरुलाई जनताको पक्षमा गीत गाउन र लेखहरु लेख्न अनुरोध गर्नुभएको छ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा ६ नम्बर वडा फगामका अध्यक्ष अमरजित पुनले साहित्यकार तथा कलाकारहरुले एकता समृद्ध,माया सद्भाव झल्किने खालका लेखहरु गीतहरु गाउनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा हास्यकलार खबपु पुन चन्चल मगर, आख्यान बिधाका लेखक क्षितिज मगर,जनवादी गायिका प्रगति महरा,गीतकार कुन्जसिङ बुढा,गजलकार सन्तोष हरदम मगर,नृत्यकार खेमराज पुन,साहित्यकार रेशम सङ्गीत,पवन राम्जाली लगाएतले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा स्थानीय साहित्यकार तथा कलाकारहरुले आफ्ना प्रतिभाहरु प्रस्तुति गर्नुभएको आयोजकले जानकारी दिएको छ।

You may also like