विश्व कृतिमानी सगरमाथा आरोही हरी बुढामगरलाई रोल्पामा भव्य सम्मान


मानसिंह विश्वकर्मा
फागुन १० गते लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is jass-1024x768.jpg


घुडामाथिबाट दुवै खुट्टा गुमाउनु भएका रोल्पाली हरी बुढामगरले विश्वको सगरमाथा शिखर आरोहण गरेर विश्व कृतिमानी कायम गर्नुभएको छ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर रोल्पा जिल्लामा आएपछि उहाँलाई रोल्पालीहरुले विभिन्न स्थानमा सम्मान गरेका छन् ।
रोल्पा जिल्लाको मिरुलमा जन्मिनुभएका हरी बुढामगरले वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुग्नुभयो । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको हो । उहाँलाई जिल्ला समन्वय समिति रोल्पा र पत्रकार महासंघ रोल्पाले सम्मान पत्रसमेत प्रदान गर्नुभएको थियो । लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख कर्मलाल परियार र पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।
उहाँलाई रोल्पा जिल्लामा विहीबार जिल्ला समन्वय समिति रोल्पाको आयोजना तथा नेपाल पत्रकार महासंघ रोल्पाको सहआयोजनामा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले हरी बहादुर बुढामगर रोल्पा, रोल्पालीको मात्रै नभएर आम नेपाल र नेपालीको गौरवको विषय भएको बताउनुभयो । उहाँले यो हरी बुढामगर रोल्पालीको सम्पत्ती भएकाले यसलाई सकरात्म रुपमा ग्रहण गराउँदै सबैको माझमा यस्तो सकरात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कठिन मेहनतबाट मात्रै सम्भव भएको बताउँदै यसलाई नयाँ ढंगले नयाँ पुस्तालाई पनि सिकाउनु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा सम्मानित सगरमाथा आरोही हरी बुढामगरले जीवनका धेरै कठिन संघर्षबाट मात्रै आफू सगरमाथा आरोहन गर्न सफल भएकोब बताउँदै आफूलाई अझै अगाडि बढ्ने हौसला सबैले दिनुभएको बताउनुभो । उहाँले आफ्नो अतितलाई सम्झिदै भन्नुभयो–ः“रोल्पा जिल्ला भन्दा सबैले अपहेलना गर्दथ्ये र मैले दाङ जिला घर हो भनेर बताउथ्ये, मलाई जो सुरक्षा निकायमा कुनै रहर थिएन त्यही जागिर खानु पर्ने भयो यो पनि नयाँ विषय भयो । तर अहिले गर्व गर्दछु म रोल्पाली भएकोमा गौरव गरेको छु ।” उहाँले विभिन्न निकायले सम्मान गर्दा मलाई निकै हौसला प्रदान भएको बताउँदै त्यसका लागि निकै राम्रो काम भएको बताउनुभयो ।


कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुकएको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।
मगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गर्नुएको थियो । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उहाँको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, “वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।”

This image has an empty alt attribute; its file name is balht-nibabi-1024x768.jpg


सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ सय ९५ मिटर र लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।
विश्व कृतिमानी सगरमाथा आरोही हरीबहादुर बुढामगरलाई रोल्पा नगरपालिकाको कार्यालय, बाल कल्याण उ.मा.वि., बालहित आधारभूत विद्यालय रोल्पा न.पा. ७, मिरुलका विभिन्न सामाजिक संघ सँस्थाले सम्मान गरेको छ । यस्तै थबाङ गाउँपालिका, विरभद्र मा.वि. थबाङ लगायतले सम्मान गरको थियो ।कार्यक्रममा पूर्व माननीय बमकुमारी बुढामगर, निवर्तमान नगरप्रमुख पूर्ण केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी तुलबहादुर कुवरले स्वागत गर्नुभएको थियो ।
रोल्पाली र रोल्पाको गौरवको साहसिक हरीबहादुर बुढामगर गरेको कृतिमानीबाट रोल्पालाई अझै नयाँ उचाईमा पु¥याएको छ । त्यसैले उहाँको यो मेहनत र अथक प्रयासको सधै सम्मान गर्ने हामी जो कोहीले पनि सिक्नु पर्दछ ।

You may also like