लुम्बिनी प्रदेशको पत्रकार महासंघको निर्वाचनमा प्रतिगामीको विरुद्धमा अग्रगामीहरु एक

चैत्र १३ दाङ


नेपाल पत्रकार महासंघको २०७७ साल चैत २५ गते हुने प्रदेश निर्वाचनका लागि प्रदेशमा प्रतिमन विरुद्धको मोर्चालाई एकताबद्ध बनाएर जाने निर्णय प्रलेशका विभिन्न संगठनहरुले गरेका छन् । शुक्रबार एक संयुक्त ऐक्यवद्धता पत्रमा हस्ताक्षर गर्दै एक हुने निर्णय गरिएको हो ।

शुक्रबार केन्द्रमा भएको निर्णयलाई अझै प्रभावकारी बनाउनको लागि नेपाल प्रेस यूनियन लुम्बिनी प्रदेशका सयोजक देवेन्द्र वर्मा, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्मा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश

इन्चार्ज विकास बञ्जाडे , प्रेस मञ्च नेपाल केन्द्रीय सचिव टोपराज शर्मा (टी आर), प्रगतिशील पत्रकार संघ लुम्बिनी प्रदेशका इन्चार्ज श्यामलाल पोख्रेल, जनपत्रकार संगठन नेपाल प्रदेश संयोजक दिपेश पराई बिष्ट,क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले संयुक्त विज्ञप्ती जारी गरेका छन् । सो विज्ञप्तीमा भनिभएको छ ः“ नेपाल पत्रकार महासंघको २०७७ साल चैत २५ गते हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हकहित एवं मिडियाको विकास तथा संविधानको रक्षा र कार्यान्वायनमार्फत गणतन्त्र, नागरिक अधिकार, लोकतन्त्रको पक्षमा रहेका सम्पूर्ण पत्रकार संगठनहरुले महासंघको गौरवमय भूमिकालाई थप सबल सुदृढ गर्ने गरी आगामी निर्वाचनमा सबै पक्षसँग सहकार्य, समझदारी र एकता गर्ने गरी प्रतिबद्धता व्यक्त गर्दछौं ।”
संयुक्त ऐक्यवद्धता पत्रमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमको बिरुद्धमा रहेका संगठनहरु एक भएर अगाडि बढ्न प्रतिबद्ध रहेको, श्रमजीवी पत्रकाहरुको पक्षमा निरन्तररुपमा पैरवी गर्दै अगाडि बढ्ने प्रण गर्ने, पत्रकार महासंघको साझा चरित्र र गौरवलाई सुनिश्चित हुने गरी लुम्बिनी प्रदेशमा क्रियाशील सबै संगठनहरुलाई एक भएर जानका लागि आह्वान गर्न गरी सहमति गरिएको नेपाल प्रेस युनियन प्रदेश संयोजक देवेन्द्र वर्माले बताउनुभएको छ ।
केन्द्रको भाव र निर्णयका आधारमा प्रदेशमा अगाडि बढेपछि पनि अझै सबै संगठनहरुलाई अगाडि बढाउनको लागि समेत पहल गरिने प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

यसैगरी केन्द्मा पनि तालमेल एवं सहकार्य भएकाे छ ।

You may also like