लोकवार्ता परिषद्, नेपालको नौँ लोकवार्ता सम्मेलनको सार्वजनिक सुनाई

लोकवार्ता परिषद्, नेपालको नौँ लोकवार्ता सम्मेलनको सार्वजनिक सुनाई


This image has an empty alt attribute; its file name is l4-1024x768.jpg

१ मंसिर, लिबाङ ।
लोकवार्ता परिषद्, नेपालको रोल्पा जिल्लामा २०७६ साल कात्र्तिकको ४ गत्तेदेखि ७ गत्तेसम्म रोल्पा र प्यूठानमा सम्पन्न ‘नौँ लोकवार्ता सम्मेलन’को सार्वजनिक सुनवाई कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is l1-1024x768.jpg

कार्यक्रमको प्रमुख अतिथि लोकवार्ता परिषद्, नेपालको केन्द्रीय संयोजक बम कुमारी बढामगरले रोल्पा जिल्लामा सम्पन्न नौं लोकवार्ता सम्मेलनलाई भव्य रुपमा सम्पन्नका लागि रोल्पा जिल्ला स्थित स्थानीय आयोजक समिति लगायतका सरोकारवाला निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा लोपउन्मुख मातृभाषा, कला, गाजाबाजा, संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्वनमा लोकवार्ताको नौँ सम्मेलनको महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नभयो । रोल्पा जिल्लाको संरचना स्थापना भएपनि शैक्षिक संस्थाहरुको विकास प्रयाप्त नहुँदा मातृभाषहरू लोपउन्मुख अवस्थामा पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । जिल्लामा लोपउन्मुख कला, गाजाबाजा, संस्कृतिहरू, मातृभाषाहरुको संरक्षण तथा प्रवद्र्वनका लागि नै लोकवार्ता परिषद्ले विगतदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । लोपउन्मुख कला, संस्कृति, गाजाबाजा, मातृभाषाहरुको संरक्षण तथा प्रवद्र्वनमा जिल्लाका वौद्धिक व्यक्तिहरुबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । लोकवार्ताको सम्मेनलमा जिल्लाका ति लोपउन्मुख कला, संस्कृति, गाजाबाजा, मातृभाषाहरुलाई कार्य पत्र मार्फत दस्तावेजीकरण गरेको हुँदा आगामी पुस्ताहरुलाई ति क्षेत्रहरुमा अध्ययन तथा अनुसन्धानको स्रोत बन्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is l2-1024x768.jpg

त्यसैगरी कार्यक्रमका अतिथि जिल्ला प्रमुख अधिकारी नवराज सापकोटाले लोकवार्ता परिषद्, नेपालले लोपउन्मुख कला, संस्कृति, गाजाबाजा, मातृभाषाहरुको संरक्षण तथा प्रवद्र्वनमा महत्वपूर्ण भूमिमका निर्वाह गर्दै आएको धारणा व्यक्त गर्नुभयो । स्थानीय स्तरहमा लोपउन्मुख अवस्थामा रहेको कला, संस्कृति, गाजाबाजाहरुको संरक्षण तथा प्रवद्र्वनको अभियानको लोकवार्ता परिषद्, नेपालको नौँ लोकवार्ता सम्मेलनमा जिल्लाका स्थानीय तह लगायतका सरोकारवाला निकायहरू सहित व्यक्तिगत रुपमा सहयोग गर्नुहुने सहयोगी निकायहरुको सहयोगी भूमिकालाई उहाँले प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि लोपउन्मुख अवस्थाका कला, संस्कृतिहरुलाई संरक्षण तथा प्रवद्र्वनमा स्थानीय तहहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
साथै कार्यक्रममा जिल्लाका दश वटा स्थानीय तहहरुको तर्फबाट लुङ्ग्री गाउँपालिकाका अध्यक्ष एवं स्थानीय आयोजक समिति सल्लाहकार दुर्गा बहादुर खड्का, सल्लाहकार एवं नेपाली कांग्रेस रोल्पा जिल्लाका निवर्तमान सभापति कृष्ण बहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरले मनतव्य राख्नुभएको थियो । वक्ताहरुले जिल्लामा लोकवार्ताको नौं सम्मेलन सम्पन्न गरी देशभरिमा जिल्लालाई परिचित भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । सम्मेलनको अवसरमा रोल्पा जिल्लामा लोपउन्मुख अवस्थामा रहेका कला, संस्कृति, गाजाबाजा, भेष–भूषाहरुलाई दास्तावेज भएकोेले जिल्लाको ऐतिहास कायम भएकोले धारणा व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is l3-1024x768.jpg

कार्यक्रममा स्थानीय आयोजक समितिका संयोजक भिम बहादुरले सम्मेलनको समयवधिमा भएका विभिन्न गतिविधिहरुको सारांश भिडियो डकुमेन्ट्र समेत प्रस्तुगर्नुभएको थियो । साथै उहाँले सम्मेलनको समयदेखि हालसम्म गरेका विभिन्न गतिविधिहरू सहितको कार्य पत्र समेत उहाँले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन आर्थिक संकलन उप समिति संयोजक ओम के.सी.ले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सम्मेलनमा सहयोगी भूमिका निर्वाह गर्नुहुने सल्लाकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय आयोजक समिति संयोजक, सदस्य लगायतका सहयोगी निकायहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । परिषद्ले सम्मेलनको समयवधिमा भएका विभिन्न गतिविधिहरुलाई समावेश गरेर रु १ हजार बराबारको कार्य पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्र स्थानीय आयोजक समितिको सल्लाहकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयहरुलाई परिषद्का संयोजक बम कुमारी बुढामगरले प्रदान समेत गर्नुभएको थियो । लोकवार्ता सम्मेलनको सार्वजनिक सुनवाई कार्यक्रम कोरोना भाइरसको कारण निर्धारित समयमा सार्वजनिक गर्न नसकेको आयोजकले बताएको छ । स्थानीय आयोजक समिति संयोजक भिम बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव दामोदर प्रसाद सुवेदीले गर्नुभएको थियो भने स्वागत कार्य पत्र संकलन उप समिति संयोजक अमृत बाठामगरले गर्नुभएको थियो ।

You may also like