भवन निर्माण तथा कल्याणकारी कोषका लागि उर्जामन्त्री वर्षमान पुनबाट सहयोग

रोल्पा समाचारदाता
भाद्र २ साउन
नेपाल पत्रकार महासंघ रोल्पा शाखाको भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले र अन्य विभिन्न व्यवसायी सञ्चालन गर्ने व्यावसायीहरुले सहयोग प्रदान गर्नुभएको छ ।


संघीय सरकारका ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि सञ्चालान गरिएको अभियानमा व्याक्तिगत रुपमा ५० हजार रुपैया सहयोग आफ्ना भाई प्रनिस पुनमगरबाट हस्तातरण गराउनुभएको छ । महासंघलाई सहयोग रकम प्रदान गर्दै फोन मार्फत सामाजिक कार्यमा महासंघ रोल्पाले चालेका कदम सकरात्मक भएको भन्दै त्यसमा सबैलाई सहयोग गरिदिनका लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ः–“महासंघ रोल्पाले भवन निर्माण तथा कल्याणकारी कोष निर्माणका लागि सञ्चालन गरेको अभियान सकरात्मक नै छ त्यसमा धन्यवाद छ, यसमा म अर्थमन्त्रीको जिम्मेवारीमा हुँदा पनि सँस्थागत रुपमा सहयोग गरेको थियौँ हाल पनि यस अभियानमा लाग्नका सबैले सहयोग गरिदिनु हुनका लागि अनुरोध गर्दछु । तपाईहरु निरन्तर लाग्नुहोस ।”
यस्तै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माको पहलमा आज सुनिल स्मृति गाउँपालिकाको सुलिचौर र रुइनीबाङमा सञ्चालन गरेको अभियानबाट पनि सहयोग संकलन भएको छ । विएनसा टे«डस सुलिचौर रोल्पाका केशव थापाबाट २० बोरा सिमेण्ट, जीवन अनमोल हस्पिटल प्रा.ली.बाट ५ हजार १००, विजय फेन्सी स्टोर्स सुलिचौरका मैतराम विकबाट १ हजार, मिलन उपचार केन्द्र प्रा.ली. सुलिचौरबाट १ हजार नगद सहयोग प्रदान भएको छ । साथै रोल्पा उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं सुरेन्द्र एण्ड योगेन्द्र किराना पसलबाट ५ हजार १ सय र ऐपली स्टोर्स रुइनीबाङका भेघम घर्तीमगरबाट ५ हजार १ सय सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।


यस्तै नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि यमिका ग्रील उद्योग सुलिचौर रोल्पाले एउटा झ्यालको ग्रील, नन्दे ग्रील उद्योग सुलिचौरका नन्दे पुनमगरकाट एउटा झ्यालको ग्रील, शिवशक्ति फर्निचर सुलिचौरका ठगेन्द्र महराबाट झ्यालको फ्रेम प्रदान गर्ने गरी निर्माण सामाग्री निर्माण भएको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो ।

You may also like