आइन एफको जलवायु परिवर्तन संवेदनशीलता

समाचारदाता
पौष २१ लिबाङ


This image has an empty alt attribute; its file name is inf.jpg

पूर्वी रोल्पामा आइ एन एफ सामाजिक परिवर्तनमा योगदान गर्दै आएको छ । पूर्वी रोल्पामा विशेषतः जलबायू परिवर्तनका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैगरी आई.एन.एफ.को आइएफको जलवायु परिवर्तन संवेदनशीलता कार्यक्रम शुक्रबार सुनछहरी गाउँपालिका कार्यालय पोबाङमा सम्पन्न गरेको छ । जलवायू परिवर्तनका असरबारेमा निरन्तर छलफल गरिएको छ ।
आइएनएफ नेपाल रोल्पा शाखाको आयोजनामा सुनछहरी गाउँपालिका भित्रका सरोकारवालाहरुसंगको जलवायु परिवर्तन संवेदनशीलता कार्यशाला कार्यक्रम पोबाङमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
जलवायु परिवर्तन हुनुका कारणहरु, वढ्दो जलवायु परिवर्तनले मानव जीवनमा परेको असर, जलवायु परिवर्तन रोक्नको लागि जनप्रतिनिधिको भुमिका, जलवायु परिवर्तनले वर्तमान जीवनमा परेको प्रभाव, दीर्घकालिन असरहरु, जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव, पहाडी जीवमा परेको नकारात्मक असर, गाउँको जिवनमा पारेको असरका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
गाउँपालिकाको विकासमा भौतिक विकास निर्माण कार्यहरु गर्दा गाउँपालिकाले जलवायु अनुकुलतामा आधारित विकास निर्माणको बारेमा जनप्रतिनिधिले थाहा पाउनु पर्ने, जलवायु परिवर्तनबाट समाजमा गरीब र महिला बढी प्रभावित भएकाले यस्को रोकथामका लागि सरोकारवालको भुमिकाको बारेमा आईएनएफ रोल्पा शाखाका कार्यक्रम संयोजक तिलक भण्डारीले प्रस्तुती दिनुभएको थियो । उहाँले गाउँपालिकाको विकासका लागि नै लागि परेको छ ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ननकला घर्तिमगर, प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का, सुनछहरी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष धनिमान रोका, वडा न. २ का वडा अध्यक्ष कृष्णबहादुर बुढामगर, वडा न. ३ का वडा अध्यक्ष उडबिर घर्तिमगर, वडा न. ४ का वडा अध्यक्ष हर्कराम बुढामगर, वडा न. ५ का वडा अध्यक्ष देबिलाल रोका, वडा न. ६ का वडा अध्यक्ष अमरजित पुनमगर र वडा न. ७ का वडा अध्यक्ष राजबहादुर रोकामगर, कार्यपालिका सदस्य, कार्यक्रम परियोजनाका प्रतिनिधि, विपत व्यबस्थापनमा प्रतिनिधि, रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आइएनएफ रोल्पा शाखाका सवइन्जिनिएर गोविन्द प्रसाद रिजालले गर्नुभएको थियो ।

You may also like