संस्थागत क्षमता विश्लेषण कार्यशाला गोष्ठी सम्पन्न

लिबाङ–रोल्पा
भदौ ३, रोल्पा


ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल रोल्पाको संस्थागत क्षमता विश्लेषण कार्यशाला गोष्ठी आज लिबाङमा सम्पन्न भएको छ । कार्यशाला गोष्ठीले संस्थाका पदाधिकारी, कर्मचारीहरुलाई कार्य सम्पादनमा थप सहयोग पु¥याउने भएको छ ।
उक्त गोष्ठी २०७६ साल भदौ १ गतेबाट सुरु भएको गोष्ठि आज सम्पन्न भएको हो । एनएनएसडब्लुए र हरप्लेस नेपालको सहजीकरण भएको संस्थागत क्षमता विश्लेषण कार्यशाला गोष्ठीमा रुडास नेपाल रोल्पाका कार्य समितिका पदाधिकारी, रुडास नेपालका कार्यकारी निर्देशक, कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । पाँच ओटा विभिन्न क्षेत्रका २७ ओटा उपखण्डमा आधारित रही संस्थागत क्षमता विश्लेषण गरिएको थियो । संस्थागत क्षमता विश्लेषण पश्चात सुँधारका लागि एक वर्षे कार्ययोजना समेत तयार गरिएको छ । कार्यक्रमको समापनमा सहभागीहरुले संस्थागत क्षमता विश्लेषण संस्थागत विकासका लागि प्रभावकारी माध्यम भएको भन्दै विभिन्न पक्षहरुलाई संस्थाले आगामी दिनमा सुधार गर्दै जाने र संस्थाको आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रयासहरु जारी राख्ने बताएका थिए ।

संस्थागत क्षमता विश्लेषण लेखाजोखामा संस्थाको सुशासन, मानव संशाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन लगायतमा संस्थाको अवस्था र क्षमता कस्तो छ भनी विष्लेषण गरिएको छ । हरप्लेस नेपाल रोल्पाले एफएचआईको प्राविधिक तथा युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रोल्पा जिल्लामा रहेको रुडास नेपाललाई संस्थागत क्षमता विश्लेषण कार्यशाला गोष्ठी सञ्चालनका लागि प्राविधिक सहयोग गर्न समन्वय गरेको हो । कार्यक्रमको प्राविधिक रुपमा सहजीकरण एनएनएसडब्लुएका विनोद बिक्रम जैरु र हरप्लेस नेपालका टेकबहादुर रानाले गर्नु भएको थियो ।

You may also like