सत्प्रयास समूह रोल्पाद्वारा विद्यालयमा पत्रकारिता र नेतृत्व विकास सम्बन्धि तालितको उद्घाटन

सत्प्रयास समूह रोल्पाद्वारा विद्यालयमा पत्रकारिता र नेतृत्व विकास सम्बन्धि तालितको उद्घाटन


This image has an empty alt attribute; its file name is s1-1024x768.jpg

३ मंसिर, लिबाङ ।
‘सञ्चार, जागरण, नेतृत्व र ज्ञान जानौं, बुझौं, अघि बढौं– सत्प्रयास अभियमान’ भन्ने मुल नारा सहित विद्यालयमा पत्रकारिता र नेतृत्व विकास सम्बन्धि सत्प्रयास समूहद्वारा शुक्रबार तारा मावि बामरूकमा उद्घाटन भएकोछ ।

This image has an empty alt attribute; its file name is s1-1024x768.jpg

कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरले विद्यालयमा पत्रकारिता र नेतृत्व विकास तालिमले विद्यार्थीहरूलाई पत्रकारिता र नेतृत्व विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । विद्यालय तहमा सैद्वान्तिक शिक्षा सँगसँगै व्यवहारिक कुराहरू पत्रकारिता र नेतृत्व विकासमा सक्रिय भएमा जीवन उपयोगी ज्ञानहरू हासिल गर्न सकिने उहाँले जोड दिनुभयो । आत्म विश्वास सहित अगाडि बढेको अवस्थामा लक्ष्यमा पुग्न सकिने उहाँले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सत्प्रयास अभियान्ता एवं रोल्पा अस्पताल रेउघाका सूचना अधिकारी कुल बहादुर डाँगी, सत्प्रयास अभियान्ता, कान्तिपुर दैनिकका उप–सम्पादक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, सत्प्रयास अभियान्ता एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पुर्व उपाध्यक्ष हिरा बहादुर घर्तीमगर, सत्प्रयास अभियान्ता एवं रोल्पा नगरपालिका प्रशासकीय अधिकृत सुशिल थापा, सत्प्रयास अभियान्ता एवं रोल्पा नगरपालिकाका विपिन कवर, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका उप–सम्पादक रेशम बि.क लगायतको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is s3-1024x768.jpg

त्यसैगरी तालिममा सहभागी छात्राहरूको तर्फबाट नेपाल राष्ट्रिय मावि कोटगाउँ रोल्पामा कक्षा ९ अध्यानयरत जानकी बुढामगर, तारा मावि बामरूक रोल्पामा कक्षा ९ मा अध्ययनरत तिलक कवरले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले तालिमबाट आफुहरुलाई नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो उज्जवलका भविष्यका लागि आत्मादेखि आत्मसाथ गर्दै तालिममा सक्रिय सहभागीता बन्ने प्रतिवद्वता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
तालिमको उद्वेश्य सम्बन्धि सत्प्रयास अभियान्ता एवं रोल्पा अस्पताल रेउघाका सूचना अधिकारी कुल बहादुर डाँगीले सहजीकरण गर्नुभएको थियो । प्रत्येक हप्ताको सात शनिबारसम्म तालिम सञ्चालन गर्ने सत्प्रयास अभियान्ता, कान्तिपुर दैनिकका उप–सम्पादक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले जानकारी दिनुभयो । तालिम सत्प्रयास समूहको आयोजनामा र तारा मावि बामरूक रोल्पाको सहकार्यमा तालिम उदघाटन गरिएको हो । तालिमको उद्घाटन पश्चात् सत्प्रयास अभियान्ता एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका उपाध्यक्ष पत्रकार हिरा बहादुर घर्तीमगरले पत्रकारिता सम्बन्धि सहजीकरण गर्नुभएको थियो ।

पहिलो शनिबारको तालिम होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङमा सञ्चालन गरिने आयोजकले बताएको छ । तालिममा रोल्पा नगरपापलिकाका बाल उद्य माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिताराज आधारभूत विद्यालय, तुल्सि आवासीय माध्यमिक विद्यालय, होलिभिजन आवासीय माध्यमिक विद्यालय, बालकल्याण नमुना माध्यमिक विद्यालय लिबाङ लगायतका विद्यालयहरुका बाल क्लवका प्रतिनिधिहरू तालिममा सहभागी आयोजकले बताएको छ । तारा माध्यमिक विद्यालय बामरुक रोल्पाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर कुवरको अध्यक्षतामा उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण घर्तीमगरले गर्नुभयो भने स्वागत प्रधानाध्यापक ओविलाल महराले गर्नुभएको थियो ।

You may also like