लिबाङ बजारमा रहेका विभिन्न बैंकद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पालाई सम्भावित दुर्घटना न्युनिकरणका सन्देश मुलक बोर्डहरू हस्तातरण

लिबाङ बजारमा रहेका विभिन्न बैंकद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पालाई सम्भावित दुर्घटना न्युनिकरणका सन्देश मुलक बोर्डहरू हस्तातरण


This image has an empty alt attribute; its file name is p4.jpg

१० कार्तित, लिबाङ ।
रोल्पा जिल्लाको सदरमुकाम लिबाङ रोल्पा स्थित विभिन्न बंैकहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पालाई सवारी साधानहरुको पार्किङलाई व्यवस्थिति र सम्भावित दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पालाई सन्देशमुलक बोर्डहरू बुधबार हस्तारण गरेका छन् ।
ति बोर्डहरू सदरमुकाम लिबाङमा सवारी आवागमनलाई थप प्रभाकारी बनाउन र सम्भावित दुरघर्टना न्यूनिकरणको लागी ट्राफिक नियम जानकारी मुलक बोर्डहरू रोल्पा नगरपापिलकाको विभिन्न ठाउँमा राख्ने तयारी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक बिक्रम विश्वकर्माले जानकारी दिनुभयो । सदरमुकाम लिबाङ बजार क्षेत्रमा सवारी आवागमनलाई प्रभावकारी बनाउनको लागि साना सवारी साधन पार्किङ तथा मोटरसाईकल पार्किङका लागि ट्राफिक आदेशमुलक, जानकारी मुलक बोर्डहरू बजारको विभिन्न क्षेत्रमा राख्न तयारी गरिएको उहाँले बताउनुभयो ।

सदरमुकाम लिबाङ स्थित नेपाल बैंक लिमिटेड, कृषि विकास बैङ लिमिटेड, ग्लोवल आई.एम.ई. बैङ लिमिटेड र प्रभु बैङ लिमिटेडको सौजन्यमा बोर्डहरू राखिने भएको हो । अब बजार क्षेत्रमा यसरी ट्राफिक नियम सम्बन्धि जानकारी दिने बोर्डहरू राखिने भएपछि दुर्घटना कम हुने, यातायात साधानहरुको जाम नहुने र अव्यवस्थित पार्किङ हुने समस्याको केही हदसम्म भए पनि कम हुने भएको छ । पछिल्लो समयमा जिल्ला प्रहरी ट्राफिक कार्यालय रोल्पाको सक्रियतामा ट्राफिक नियम कार्यान्वयन लगायत विभिन्न जनचेतनामुलक गतिविधिहरू सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विश्वकर्माको भनाइ छ ।

You may also like